२९ असार २०८३, सोमबार
आमचुनाव-२०७९

८ मतले प्रतिनिधिसभामा हारेका गयानन्द ५ हजार मतान्तरले प्रदेशसभामा निर्वाचित

मंसिर ६, २०७९
८ मतले प्रतिनिधिसभामा हारेका गयानन्द ५ हजार मतान्तरले प्रदेशसभामा निर्वाचित

२०७० सालको संविधानसभाको निर्वाचनमा ८ मतले पराजित गयानन्द मण्डल अहिले ५ हजार मतान्तरले प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । 

दोस्रो संविधानसभा निर्वाचनमा मण्डल नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका छन् । 

मोरङको क्षेत्र नम्बर–५ (१) मा नेपाली काँग्रेसका गयानन्दले १४ हजार ८ सय ४३ मत ल्याएर  प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

मण्डलको विजयीसँगै नेपाली कांग्रेसले प्रदेशसभामा मोरङबाट जितको खाता खोलेको छ ।

अहिले नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार ४४१ मतअन्तरले मण्डलले पराजित गरेका हुन् । साहले ९ हजार ४०२ मत ल्याएका छन् ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ । 

प्रदेशसभामा निर्वाचित भएका मण्डल काँग्रेसका महासमिति सदस्य हुन् । 

प्रतिनिधिसभामा यो क्षेत्रबाट सत्तागठबन्धनका माओवादी केन्द्रका शिवकुमार मण्डल उम्मेदवार भएका थिए । 

यो क्षेत्रमा प्रतिनिधिसभामा त्रिपक्षीय प्रतिस्पर्धा भएको छ । एमालेबाट वागी उठेका योगेन्द्र मण्डलले अग्रता लिइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्