२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा दोब्बर बढी मतले अगाडि

प्रधानमन्त्री देउवा दोब्बर बढी मतले अगाडि

डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ ।  पछिलो मत परिणाम अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १९ हजार २२१ मत प्राप्त गरेका छन् । 

उनी सुरूआती चरणबाट नै अग्रस्थानमा छन् । प्रधानमन्त्री देउवालाई स्वतन्त्र उमेदवार सागर ढकालले पछ्याइरहेका छन् । सागरले हालसम्म ९ हजार ८५९ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ५ हजार ५२९ मत ल्याएर तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । प्रतिनिधि सभा सदस्यको मतगणना सकिएपश्चात प्रदेश सभा सदस्यको मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्