२४ असार २०८३, बुधबार

सोवितालाई बधाई दिँदै कुन्तीले भनिन्– 'बाहिरबाटै संसदमा गर्जने छु'

सोवितालाई बधाई दिँदै कुन्तीले भनिन्– 'बाहिरबाटै संसदमा गर्जने छु'

काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ कुन्तीदेवी पोख्रेलले विजयी उम्मेदवार सोविता गौतमलाई बधाई दिदै आफू राजनीतिक जीवन सक्रिय रहने बताएकी छिन् । 

काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छिन् । गौतमले १५ हजार २२९ मत ल्याएर विजयी हुँदा एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत ल्याएर दोस्रो भए । 

राप्रपाकी पोख्रेलले ११ हजार १४ मत ल्याएर सत्तारूढ गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीलाई चौथौं स्थानमा पुर्‍याएकी छिन् । 

पोखरेलले बुधबार फेसबुकमा स्टेटस लेख्दै आफू संसदबाहिरबाटै संसद गर्जिने भनेकी छन् । ‘गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ । म संसद बाहिर बाट नै संसदमा गर्जने छु’, पोख्रेलले भनेकी छिन् ।

गौतमलाई बधाई दिदैं पोख्रेलले भनेकी छन्, ‘काठमाडौं क्षेत्र–२ बाट विजयी हुनु भएको सोबिता गौतमलाई हार्दिक बधाई र शुभकामना । आशा गर्छु, हजुरले यस क्षेत्रमा भनेको झै राम्रो काम गर्नु हुनेछ ।’

यस्तो छ कुन्ती पोख्रेललको फेसबुक स्ट्याटस–

यो निर्वाचनमा उम्मेदवार हुँदै गर्दा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरें । मैले पाएको माया, साथ,र विश्वासको लागि म आभारी छु । जीवनमा हार,जीत हुन्छ तर महत्वपूर्ण भनेको आत्मबल हार्नु हुँदैन । मेरो आत्मबल पहिलाकोभन्दा बढेको छ । मैले पनि ठुलो साथ, सहयोग कमाएकी छु यो साथको म सधै ईमान्दार रहनेछु । 

काठमाडौं क्षेत्र नं २ बाट विजयी हुनु भएको सोबिता गौतम ज्यू लागि हार्दिक बधाई र शुभकामना । आशा गर्छु हजुरले क्षेत्रमा भनेकोझै राम्रो काम गर्नु हुनेछ । मेरा चुनावी अनुभवले जीवनको नयाँ कथा सिकेको छु, यो कथाको हरेक क्षण जीवनमा उतार्ने छु । आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार, विकास गर्ने प्रण गर्दछु । यस दौरान थुप्रै नयाँ साथीहरू, सम्बन्धहरू बने । यी सबैलाई आगामी दिनहरूमा पनि जीवन्त राखिरहनेछु । 

राजनैतिक यात्रा लामो छ । मेरो सुरुवातमै  हजुरहरुको भरोसाले दिएको आत्मबल अमूल्य छ । काठमाडौं–२ का स्थानीय आमाबुवा, दाजुभाइ साथिहरुसँग निरन्तर जोडिएर क्रियाशील रहिरहनेछु । गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ। म संसद बाहिर बाटनै संसदमा गर्जने छु । सदैव हजुरहरुको यसरी नै माया र साथ पाइयोस्, म निरास हजुरहरुलाइ बनाउने छैन ।

आगामी दिनका यात्रा झन विषेश हुनेछन । यात्राको सुरुवात हो गन्तव्य नपुगी म पछी पर्दिन ।
 

salt training

कमेन्ट गर्नुहोस्