२८ जेठ २०८३, बिहीबार
घण्टीकाे जीत

सर्वेन्द्र र भीमसेनदासलाई हराउँदै काठमाडौं–६ मा पनि घण्टीको जीत

शिशिर खनाल ५ हजार मतान्तरले विजयी
सर्वेन्द्र र भीमसेनदासलाई हराउँदै काठमाडौं–६ मा पनि घण्टीको जीत

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौंमा चौथौ जीत निकालेको छ । 

काठमाडाैं-६ बाट घण्टी चुनाव चिन्हका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । 

खनालले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । 

साेही क्षेत्रमा कांग्रेसका नेता भीमसेनदास प्रधान पनि उम्मेदवार थिए । 

खनालले १४ हजार २०४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत पाएका छन । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस अघि काठमाडौं–२, काठमाडौं–७ र काठमाडौं–८ बाट जित हासिल गरिसकेको छ । 

खनालसँगै काठमाडौैंबाट यो पार्टीले ४ जना प्रतिनिधिसभाको सांसद पाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्