
रोल्पाको प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित भएका छन् ।
महराले १९ हजार ४२५ मत ल्याई विजयी भएका हुन् । महराका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमलबहादुर बुढाथोकीले पाँच हजार चारसय पाँच मत प्राप्त गरेका छन् । महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजित गरेका हुन् । यो प्रदेश सभा निर्वाचन क्षेत्रमा राप्रपाका पदमबहादुर थापा तेस्रो भए । जम्मा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेको रोल्पामा ६७ हजार चार सय ३७ मत खसेको थियो ।