२० असार २०८३, शनिबार

मकवानपुरमा गठबन्धनलाई पछि पार्दै प्रदेश सभामा एमालेबाट श्रेष्ठ विजयी

मकवानपुरमा गठबन्धनलाई पछि पार्दै प्रदेश सभामा एमालेबाट श्रेष्ठ विजयी

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि गत आइतवार भएको निर्वाचनमा मकवानपुर क्षेत्र नं १(२) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई ८ सय ६९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कुल ४५ हजार २५६ मत खसेकोमा विजयी श्रेष्ठले १४ हजार २ सय २५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी पराजुलीले १३ हजार ३५६ मत प्राप्त गरे ।

निर्वाचित श्रेष्ठ एमाले मकवानपुरको अध्यक्षसमेत हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्