
मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन । उनी २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धवन्द्धी माओवादी केन्द्रका शिवकुमार मण्डले १७ हजार ४ सय ८६ मत ल्याएका थिए । जनता समाजवादी (जसपा) का राजकुमार यादवले १७ हजार ३९० मत ल्याए । यादवलाई नेकपा एमालेले समेत समर्थन गरेको थियो ।
एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले ५ दलीय गठबन्धनका उम्मेदवार शिवकुमार र एमाले–जसपाका संयुक्त उम्मेदवार यादवलाई पराजित गरेका हुन् ।