०९ साउन २०८३, शनिबार

भोलिदेखि पाँचौं हप्तामा ‘महापुरुष’, नयाँ फिल्मलाई भन्दा बढी शोज

भोलिदेखि पाँचौं हप्तामा ‘महापुरुष’, नयाँ फिल्मलाई भन्दा बढी शोज

कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ शुक्रवार भोलिदेखि पाँचौं हप्तामा प्रवेश गर्दैछ । यो चलचित्रले पाँचौं हप्तामा पनि हलमा उल्लेख्य शोज पाएको छ । शुक्रवार चलचित्रलाई मल्टिप्लेक्सअन्तर्गतको ‘क्यूएफएक्स सिनेमाज’ले १४ शोज उपलब्ध गराएको छ ।

भोलिदेखि नयाँ नेपाली चलचित्र ‘मीलन’ प्रदर्शनमा आउँदैछ । यद्यपि,  नयाँ चलचित्रले भन्दा पाँचौं हप्तामा पनि ‘महापुरुष’ले बढी शोज पाएको हो । चलचित्र ‘मीलन’लाई प्रदर्शनको पहिलो दिन क्यूएफएक्सले जम्मा ६ शोज उपलब्ध गराएको छ । 

प्रर्याप्त प्रचारप्रसारबीना प्रदर्शनमा आउन लागेको ‘मीलन’मा सलोन बस्नेत, कुशलशाह ठकुरी, शिल्पा थापा, शिशिर वाङ्देल, विशाल पहारी, जानुका पौडेललगायतको अभिनय छ । मित्रता, प्रेम र पारिवारिक कथामा निर्माण भएको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

हलमा केही समय टिकिरहन यस चलचित्रले दर्शक प्रतिक्रिया राम्रो पाउनुपर्ने देखिन्छ । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’दर्शकहरुबाट पाएको सकारात्मक प्रतिक्रियाकै कारण हलमा लामो समय टिकिरहन सफल भएको हो । हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, रवीन्द्र सिंह बानियाँ, अञ्जना बराईली, राजाराम पौडेललगायतको अभिनय रहेको चलचित्रले अमेरिका र अष्ट्रेलियामा समेत राम्रो ब्यापार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्