×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

संसदीय राजनीतिमा एमाले महासचिव पोखरेलको ओरालो यात्रा : हारका चार ‘फयाक्टर’

मंसिर ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२०७४ को प्रदेश सभामा सहज जित निकालेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए, नेकपा एमालेका महासचिव शंकर पोखरेल । यद्यपि, त्यो बेला पोखरेललाई माओवादीको पनि साथ थियो । तर, यो पटकको संघीय चुनावमा माओवादी नेतृ रेखा शर्मासँग शुरूदेखि नै पछि परेका पोखरेलले अन्ततः प्रतिनिधि सभा सदस्य पदमा पराजित भए । बीचमा केहीसमय अग्रता लिए पनि पोखरेलले अग्रता टिकाउन सकेनन् । अन्ततः दाङ क्षेत्र नम्बर २ बाट झिनो (१९६) मत अन्तरले पराजीत हुँदा संसदीय राजनीतिमा शक्तिशाली महासचिवलाई ठूलो झड्का लाग्न पुग्यो । कुनै पनि कम्युनिस्ट पार्टीमा महासचिवको पदलाई शक्तिशाली पदमा लिने परम्परा छ ।

Sagarmatha Cement
Muktinath Bank

एमाले टुक्रिएर बनेको एकीकृत समाजवादीको मत पनि नेतृ शर्मालाई नै गयो । तर, स्थानीय तह निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै घोराही र तुलसीपुर उपमहानगरपालिका एमालेले जित निकाल्दा पोखरेलले निर्वाचन जित्नेमा धेरै आशा गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनको चर्चा हुँदा पोखरेलसँग माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा उम्मेदवार बन्ने चर्चा थियो । सभामुख हुँदा उनले विवादमा आएपछि उनी यो पटक निर्वाचन लडेनन् । महराको ठाउँमा माओवादीले शर्मालाई पठाउँदै धेरै पोखरेलाई ‘वाक ओभर’ दिएको भन्ने पनि चर्चा गरे । तर, त्यसविपरीत झिनो मतले महासचिवलाई पराजित गरेर शर्मा संसद् यात्रा चर्चाको विषय बनेको छ । २८ वर्षपछि प्रत्यक्ष चुनाव जितेर संघीय सांसद बन्ने पोखरेलको योजनामा तुषारापात भयो । लामो समय राजनीतिमा लागेकी शर्माको दाङमा राम्रै प्रभाव छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशको राजधानी बुटवलबाट दाङ लगेपछि महासचिव पोखरेलको चर्चा पनि राम्रो थियो । राजधानी सारे पनि सबैको अपनत्व हुने ठाउँमा नहुँदा दंगालीले पनि राजधानी आफ्नो ठाउँमा आएजस्तो नभएको गुनासो गर्ने गरेका थिए ।​

Vianet communication
Laxmi Bank

यी हुन् शंकरकाे हारका प्रमुख चार कारण

बहिनीलाई समानुपातिककाे पहिलाे नम्बरमा राख्दा भएकाे आलाेचना 

स्थानीय तहमा गठबन्धनले इमानदारिता नदेखाए पनि अहिले गठबन्धन कसिलो हुँदा त्यसको मार पोखरेललाई पर्‍यो । त्यससँगै प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ आफ्नी बहिनी मेनका पोखरेललाई पहिलो नम्बरमा राख्दा पोखरेल आलोचित बने । सबैसँग सम्बन्धन नराख्ने अन्तरमुखी स्वभावका कारण पनि पोखरेललाई निर्वाचनमा क्षति भयो । ​

अन्तरमुखी स्वाभाव

नेपाल संस्कृति विश्वविद्यालय दाङका उपप्राध्यापक टीकाराम उदासी शंकर पोखरेल राष्ट्रिय व्यक्तित्व र बौद्धिक नेता भए पनि अन्तरमुखी स्वभावका कारण उनलाई सर्वसाधारणको भोट नगएको तर्क गर्छन् । 

‘निर्वाचनमा घरदैलो हिँड्दा पनि उनले आफैले भोट माग्न आए है सहयोग गर्नुपर्‍यो कहिल्यै भनेनन् । उनको भोट श्रीमती सुजिता शाक्य र कार्यकताले मागिदिएका थिए । ‘नेता सहज हुनुपर्छ । उहाँ (शंकर) सधै ‘रिजर्भ’ रहँदा त्यसको असर अहिले निर्वाचनमा देखियो’, उपप्राध्यापक उदासीले भने । 

राजनीतिक विश्लेषक ऋषि आजादले पोखरेल पराजित हुनुमा आन्तरिक कारण बढी देख्छन । ‘शंकर पोखरेलमा प्रतिष्पर्धी स्वभाव नभई जमिनदारी स्वभाव छ’, आजाद भन्छन, ‘उनी आफूलाई राजर्षी स्वभावमा प्रस्तुत गर्छन । आम पब्लिकसँग घुलमिल हुन्नन् पहिलो कारण यो हो भने, दोस्रो कारण गठबन्धन पनि होला तर, उनको आन्तरिक व्यक्तिगत स्वभाव नै देखिन्छ ।’ 

कांग्रेसकाे असन्तुष्ट मत 'घण्टी'मा जानु 

तीन वर्ष मुख्यमन्त्री भएर बुटवल बस्दा पनि उनले यहाँ पार्टीका नेता–कार्यकता पनि सहज पहुँच दिन सकेका थिएनन् । उदास थप्छन, ‘कांग्रेसका असन्तुष्ट मतहरू योपटक एमालेलाई जान पाएन । घन्टीमा गए । जसको फाइदा रेखाले लिइन् । जो घण्टीको अहिले राष्ट्रिय मोहल नै रहेछ ।’ यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १५ हजार ८५८ मत ल्याएका छन् । 

२०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित पोखरेल ३२ वर्षको उमेरमै पहिलोपटक सांसद बनेका थिए । तत्पश्चात् २०५६ र २०७० मा पराजित भए भने २०६४ मा समानुपातिकबाट संविधान सभा सदस्य बनेका थिए । पछिल्लोपटक प्रदेश सभा निर्वाचन २०७४ मा दाङ निर्वाचन क्षेत्र नं २ (१) बाट प्रदेश सभामा विजयी बनेर लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए ।

पोखरेले अनेरास्ववियुको अध्यक्ष (२०४७–५०), पार्टीको तत्कालीन राप्ती अञ्चल इन्चार्ज र उपत्यका कमिटी सचिवको जिम्मेदारी निर्वाह गर्दै राजनीतिमा आएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पोखरेल त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिसमेत भएका थिए । भू–राजनीति र अर्थ–राजनीतिका जानकार बौद्धिक, वैचारिक क्षमता भए पनि उनी संगठनात्मक कार्य कुशलतामा कमजोर देखिन्छन् । 

एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डीआर घिमिरे ठूला नेताविरूद्व बनेको संस्थागत गठनबन्धनले गर्दा पोखरेल पराजित हुन पुगेको देख्छन् । उनी भन्छन्, ‘अहिले राष्ट्रिय रूपमा नै नयाँ आउनुपर्छ भन्ने माहोल बन्यो । जुन कुरा पोखरेलका लागि प्रतिउत्पादक बन्यो । अर्कोतर्फ उहाँका व्यक्तिगत स्वभावजन्य कारण पनि हुन सक्छन झिनो मतले हार्नुमा ।’ 

प्रदेश सरकारको नेतृत्वमा रहँदा अर्थमन्त्रालय पनि आफैसँगै राखेर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा खुद्रे योजना बाँडेका पनि थिए । दाङमा उल्लेख्य बजेट लैजाँदा अन्य सांसदहरू उनीसँग रुष्ट बनेका थिए । 

पार्टी विभाजकाे असर

कम्युनिष्ट पार्टीहरूमा आएको फुटको प्रभाव पोखरेलको मतमा समेत परेको दाङका एमाले कार्यकर्ता बताउँछन् । ‘२०७४ मा एमाले र माओवादीको एकता थियो । एमाले पनि फुटेको थिएन, अहिले त एमाले नै दुई टुक्रामा विभाजित भएको छ । पुरानो अवस्थामा रहेको भए पोखरेललाई गाह्रो हुँदैनथ्यो’, दाङका एक एमालेका कार्यकर्ता भन्छन्, ‘अहिले अवस्था फेरियो । अहिले नेपाली कांग्रेसले नेकपा माओवादी र नेकपा एससँग गठबन्धन गरेर निर्वाचनमा आएको अवस्थामा पोखरेललाई समस्या भएको हो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x