०९ साउन २०८३, शनिबार

ललितपुर–३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी

ललितपुर–३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी

ललितपर–३ प्रदेशसभा (१) बाट नेकपा एमालेका रघुनाथ महर्जन विजयी भएका छन् । महर्जनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जनलाई ६८६ मतले पछि पार्दै बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत धर्मराज पौडेलले औपचारिक घोषणा गरे । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार रघुनाथले ९ हजार ७६६ मत प्राप्त गरे । राजकाजीले ९ हजार ९० मत प्राप्त गरे । 

निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश सभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार विनोदकुमार खड्काले ७ हजार ५८७, विवेकशील साझाका समुद्र केसीले १ हजार ६९२, नेमकिपाका अशोक महर्जनले १ हजार ७ र जनता समाजवादीका ओमकृष्ण श्रेष्ठले ३७९ मत प्राप्त गरे ।

त्यस्तै राप्रपा नेपालका श्यामबहादुर महतले २११, स्वतन्त्र उम्मेदवार सविता महर्जनले १ हजार १३९ र अजय अछामीले २८८ मत प्राप्त गरे । यस क्षेत्रमा ४९ हजार ८१ मतदाता छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्