२४ जेठ २०८३, आइतबार

पराजित हिमेश पन्तले कति ल्याए मत ?

पराजित हिमेश पन्तले कति ल्याए मत ?

कमेडी च्याम्पियन हिमेश पन्त प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन् । धादिङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका पन्तले १२ हजार ४७५ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रबाट बागमती प्रदेशका मुख्यमन्त्री एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे ३५ हजार ९३४ मतसहित निर्वाचित भए । नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७ हजार ९५३ मत ल्याउँदा पन्त तेस्रो स्थानमा आए । 

पराजित भएसँगै पन्तले हारबाट प्राप्त भएको अनुभव र सिकाईले भविष्यमा मजबुद नेतृत्व तयार पार्ने बताएका छन् । निर्वाचित पाण्डेलाई शुभकामना दिँदै पन्तले फेसबुकमार्फत भनेका छन्, ‘धादिङमा घण्टी राम्रैसँग बजेको छ । तर, अर्को पटक अझ सशक्त ढंगले घण्टी बजाउने प्रण गर्दछौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्