×

NMB BANK
NIC ASIA

आमचुनाव-२०७९

अमनलाल मोदी : ३७ वर्षकै उमेरमा तेस्रो पटक सांसद

मंसिर ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङ–४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् ।

Muktinath Bank

उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४६३  मत मात्रै ल्याए । तेस्रो भएका राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ–४ मा १ लाख १० हजार ९३ मतदातामध्ये ७४ हजार ७४४  मत खसेको थियो । ६ हजार १४९  हजार मतअन्तरले  मोदीले जीत निकालेका हुन् । 


Advertisment
Nabil box
Kumari

यससँगै मोदी तेस्रो पटक संसद प्रवेश गर्न सफल भएका छन् । २०७४ मा पनि मोदी मोरङ–४ बाट उम्मेदवार भएर चुनाव जितेका थिए । त्यसबेला उनले कांग्रेसका नेता महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गरेका थिए । 

Vianet communication
Laxmi Bank

त्यसबेला, मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए । 

२०७० मा भएको दोस्रो संविधानसभा चुनावमा समानुपातिक उम्मेदवार भएका मोदीले यस पटक गठबन्धनको उम्मेदवार भएर चुनाव जितेका छन् । यससँगै मोदीको प्रत्यक्षतर्फ संसदीय चुनावमा दोस्रोे जीत भएको छ । 

३७ वर्षकै उमेरमा ३ पटक सांसद

माओवादी आन्दोलनबाट उदाएका अमनलाल मोदीले अहिलेसम्म संसदीय चुनावमा पराजयको स्वाद थाहा पाएका छैनन् । 

०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट निर्वाचित भएका मोदी ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर–४ बाट उम्मेदवार भनेका  थिए । 

कांग्रेसको दबदबा रहेको ठाउँमा बाम गठबन्धनबाट उम्मेदवार त्यही काँग्रेस भित्रको अन्तर्विरोधमा खेल्न सफल भए । उनको निर्वाचन क्षेत्रमा थारु समुदायको बाहुल्य भएको फाइदा पनि उनलाई भयो ।

बावु पवनलाल र आमा वालोदेवी मोदीको कोखबाट २०४२ असोज ५ गते जन्मिएका मोदीले स्नातकसम्म अध्ययन गरेका छन् । 

२०५३ सालदेखि माओवादीसँग आवद्ध भएका मोदी २०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्य भए । पछि उनी मोरङमा अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला अध्यक्ष भएका थिए । 

२०५८ सालमा थारू राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य भएका मोदीले माओवादी केन्द्रको जिल्ला र केन्द्रीय तहमा विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् । 

उनी २०६० सालमा पक्राउ परी २ वर्ष ३ महिना जेल जीवन बिताएका छन् । राजनीतिक आन्दोलनका क्रममा पटक–पटक हिरासतमा बसेका छन् । २८ वर्षको उमेरमा पहिलो पटक सांसद भएका उनी ३७ वर्षकै उमेरमा तेस्रो पटक सांसद भइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x