३० असार २०८३, मंगलबार

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण सम्पन्न

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरूमा आबद्ध भई बीमा ब्यवसाय गर्दै आउनु भएका अभिकर्ताहरूलाई अझ बढी सक्षम र ब्यवसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरू सम्पन्न गर्दै आइरहेको र सोही क्रममा आज धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताए । 

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरूलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसै गरी कार्यक्रममा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए । 

कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्मथलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए । 

कम्पनीको सुदूरपश्चिम प्रदेशका प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्