चैत ९, २०७९
गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचि...
लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतपरिणाम आउने क्रम जारी छ । लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका ३ जना उम्मेदवार विजयी भएका छन् ।
नवलपरासी पश्चिम–२ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका खडक बस्नेत प्रदेशसभामा निर्वाचित भएका छन् ।
बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का आशिष प्रधानलाई ७१ मतले पराजित गरी प्रदेश संसद यात्रा तय गरेका हुन् । बस्नेतले १२ हजार ४४९ मत ल्याउँदा राप्रपाका प्रधानले १२ हजार ३७८ मत ल्याए ।
नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा दाबी प्रस्तुत गरेका बस्नेतले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । विजय भएपछि बस्नेतले मतदाताले विश्वास गरेर दिएको अभिमतको सम्मान गर्ने बताए ।
रूकुम पूर्वबाट प्रदेशसभामा माओवादीका आधिकारिक उम्मेदवार तेजबहादुर वलीलाई ५३३ मतान्तरले पराजित गरी बागी उम्मेदवार सरुल पुन विजयी भए ।
वलीले ३ हजार ९३२ मत ल्याउँदा सरुलले ४ हजार ४६५ मत पाए । माओवादी केन्द्रले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सरुल १७ वर्षकै उमेरमा माओवादी लडाकु बनेका थिए ।
अहिले ४४ वर्षीया पुनले माओवादीले आफूलाई विश्वास नगरे पनि जनताले विश्वास गरेको बताए ।
स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीको हितविपरित गएको भन्दै कारबाही गरेको थियो । पार्टीबाट विद्रोह गरेका दावी गर्ने पुन भन्छन्, ‘हिजोसम्म पार्टीमा थिएँ, अहिले जनताको भएको छु ।’
त्यस्तै, रोल्पामा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनलाई पराजित गर्दै माओवादीबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन मगर विजयी भए ।
यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसलाई टिकट दिएपछि पुनले माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्रले १४ हजार ९३२ मत ल्याउँदा अम्मरसिंहले १० हजार ४०६ मत मात्र ल्याए । दीपेन्द्र र अम्मरसिंहको मतान्तर ४ हजार ५२१ छ ।
दीपेन्द्र निर्वतमान प्रदेशसभा सदस्य तथा संसदीय समितिका सभापति भएर पनि काम गरेका थिए । दीपेन्द्र जनयुद्धका घाइते तथा अपाङ्ग पनि हुन ।
गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचि...
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्...
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत स...
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि स...
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक आज बिहीवार बस्दैछ । बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्ष...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...