
दुई साथीको मित्रता र त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘मीलन’ आज (शुक्रवार)बाट देशभर प्रदर्शनमा आएको छ ।
टेक पौरखी राईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाको मुख्य भूमिका छ । आज अन्य कुनै पनि नयाँ नेपाली चलचित्र रिलिजमा आएका छैनन् ।
गत मंगलवार गरिएको प्रिमियरबाट पनि ‘मीलन’ले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा शिशिर बाङ्देल, विशाल पहाडी, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चाई मगर, डेनियल खड्का, करन थापा मगरलगायतका कलाकारको पनि अभिनय छ ।
प्रविन थापा ‘मीलन’को निर्माता हुन् । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’सहित केही विदेशी चलचित्रहरु हलमा प्रदर्शनरत छन् ।