×

NMB BANK
NIC ASIA

चुनावी परिणामले देश फेरि पनि ‘लम्किने’ होइन, ‘घस्रिने’ छ भन्ने स्पष्ट भइसक्यो : रविन्द्र मिश्र

मंसिर १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले यो निर्वाचनले मुलुकलाई अस्थिर बनाउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका मिश्रले सामाजिक सञ्जालमा सन्देश लेख्दै ‘चुनावी परिणामले देश फेरि पनि ‘लम्किने’ होइन, ‘घस्रिने’ छ भन्ने स्पष्ट भइसकेको टिप्पणी गरेका हुन् ।

Muktinath Bank

सन्देशमा मिश्रले देशको दीर्घकालीन हितका हकमा राप्रपासँग जति स्पष्ट र स्थिर एजेण्डा अर्को कुनै पार्टीसँग नभएको पनि दाबी गरेका छन् । उनले लेखेका छन्, ‘यो देशको दीर्घकालीन हितका हकमा राप्रपासँग जति स्पष्ट र स्थिर एजेण्डा अर्को कुनै पार्टीसँग छैन । र, ती एजेण्डालाई इमानदारीपूर्वक गन्तव्यमा पुर्‍याउन सक्ने नेतृत्व अहिले राप्रपासँग छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो छ मिश्रको सन्देश 


Advertisment
Nabil box
Kumari

एजेण्डामा स्पष्टता – गन्तव्यमा प्रष्टता!

Vianet communication
Laxmi Bank

राप्रपका नव निर्वाचित ७ जना प्रतिनिधिसभा र ११ जना प्रदेशसभा सांसद सबैलाई हार्दिक बधाई तथा सशक्त र सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु !

देशको दूरगामी शान्ति, स्थिरता, स्वाधिनता र आर्थिक रूपान्तरणका बारेमा राप्रपा सबैभन्दा स्पष्ट एजेण्डा भएको पार्टी हो ।

म राप्रपामा त्यसै जोडिएको होइन । राप्रपामा कमजोरी छैनन् भन्ने होइन । सम्पूर्ण समाज नै कमजोरीले भरिएको छ भने कुनै पनि पार्टी दूधले नुहाएको हुन सक्दैन ।

तर, यो देशको दीर्घकालीन हितका हकमा राप्रपासँग जति स्पष्ट र स्थिर एजेण्डा अर्को कुनै पार्टीसँग छैन । र, ती एजेण्डालाई इमानदारीपूर्वक गन्तव्यमा पुर्‍याउन सक्ने नेतृत्व अहिले राप्रपासँग छ ।

गत महाधिवेशनपछि अध्यक्ष राजेन्द्र लिङदेनसहितको नेतृत्वले पार्टीलाई यो निर्वाचनबाट नवजीवन प्रदान गर्‍यो । तर, अनपेक्षितरूपमा विकशित चुनावी माहोलले राप्रपाको तीब्र यात्रामा केही प्रभाव पार्‍यो । त्यो प्रभाव क्षणिक मात्र हुनेछ ।

चुनावी परिणामले देश फेरि पनि ‘लम्किने’ होइन, ‘घस्रिने’ छ भन्ने स्पष्ट भइसक्यो । 

यस्तो अवस्थामा राप्रपाको इमान, एजेण्डा र नेतृत्व सबैमा भएको स्पष्टता र दृढताले पार्टीमा भएका कमजोरी सुधार्दै अर्को निर्वाचनमा यो पार्टी देशको नेतृत्वमा पुग्छ भन्नेमा म विश्वस्त छु । इतिहासका कमि–कमोजोरीका कारण राप्रपा कतिपयलाई मन नपर्ला तर राप्रपा अब सुध्रिने बाटोमा अग्रसर भइसक्यो । र, जसले जेसुकै भनुन्, हेरिराख्नोस्, राप्रपाले बोकेका एजेण्डामा देश नगइकन यो देशको भलो हुनै सक्दैन ।

दुर्भाग्य भन्नु पर्छ, चिनिएका÷जानिएका झण्डै आधा दर्जन उमेद्वारहरूबीच देशको सबैभन्दा घमासान प्रतिष्पर्धा हुँदा पनि म केवल १२५ मतको अन्तरले पराजित भएँ । मलाई नैतिक, आर्थिक र भौतिक सहयोग गर्ने सबैलाई फेरि एकपटक नमन गर्न चाहन्छु । मैले ठूलो खतरा मोलेर गरेको मार्ग परिवर्तन सही दिशामा भएको महसुस गरेको छु । तपाईंको जय होस्, नेपालको जय होस !

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x