
नेकपा एमालेको समेत समर्थन रहेका जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई मतगणनामा झिनो मतले अगाडि लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा) ४ भोटले पछि परेकी छन् ।
आइतवार मध्यान्हसम्मको गणनामा अशोकले १३ हजार ८ सय १ प्राप्त गर्दा शरिनले १३ हजार ७ सय ९७ मत पाएकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत पाएका छन् ।
हर्क साम्पाङ मेयर रहेको धरानको भूभागसमेत पर्ने यो क्षेत्रमा शारिनले हर्क शैलीमा प्रचार गरेकी थिइन् । सुनसरी २ मा नेकपा एमालेका भीम आचार्य विजयी भइसकेका छन् भने ३ मा एमालेकै भगवती चौधरीले अग्रता लिइरहेकी छन् ।