२४ जेठ २०८३, आइतबार

एमाले उम्मेदवारलाई १६ हजार मतान्तरले पराजित गर्दै रामेछापबाट कान्छाराम विजयी

मंसिर ११, २०७९
एमाले उम्मेदवारलाई १६ हजार मतान्तरले पराजित गर्दै रामेछापबाट कान्छाराम विजयी

नेकपा एमालेका उम्मेदवार कैलाश ढुंगेललाई १६ हजार ३ सय ६८ को फराकिलो मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) रामेछापबाट विजयी भएका छन् । 

आइतवार बिहानसम्म मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार तामाङले ४७ हजार ९८ मत प्राप्त गरे । एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार लालबहादुर घिसिङले १ हजार ४ सय ८४ मत प्राप्त गरे । चुनाव जित्ने तामाङ निर्माण व्यवसायी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्