१५ असार २०८३, सोमबार

बिजुलीको ट्रान्समिसन लाइनमा विमान ठोकिएपछि... (भिडियो)

मंसिर १२, २०७९
बिजुलीको ट्रान्समिसन लाइनमा विमान ठोकिएपछि... (भिडियो)

अमेरिकाको मेरील्यान्डमा दुईजना मानिस चढेको सानो विमान बिजुलीको ट्रान्समिसन लाइनमा ठोकिँदा गाइथर्सबर्ग क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

विमानमा रहेका दुवैजना सुरक्षित छन् । 

प्रहरीले दुर्घटना भएको क्षेत्रमा कसैलाई आउन दिएको छैन । बिजुलीका तारमा अझै पनि करेन्ट प्रवाह भइरहेकाले स्थानीयहरूलाई टाढै बस्न भनिएको छ । 

विमानका दुईजना बिजुलीको तारमा झुण्डिएका थिए । 

‘एउटा निजी विमान मोन्टगोमेरी काउन्टीको ट्रान्समिसन लाइनमा ठोकिएपछि लगभग ८५ हजार ग्राहकको घरमा बिजुली पुग्न पाएन,’ पोटोम्याक इलेक्ट्रिकल कम्पनीले ट्वीट गरी जानकारी दियो । 

विद्युत् प्रवाह पुनः गराउनका लागि काम भइरहेको पनि उसले जनायो । 
 

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्:

https://twitter.com/i/broadcasts/1dRKZMydqErxB

salt training

कमेन्ट गर्नुहोस्