×

NMB BANK
NIC ASIA

कर्णालीका एक्ला दलित सांसद

हुम्लाका दुर्गम गाउँका रणसिं सरको संसद यात्रा, प्रदेश सभामा गुञ्जिने छ कन्दराको श्वर

मंसिर १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधि हुन् हुम्लाका रणसिं परियार । सत्ता गठबन्धनका साझा उम्मेदवार उनी माओवादी केन्द्रका तर्फबाट विजयी बनेका हुन् । उनी गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै हुम्ला १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । परियारले ६ हजार ४६१ मत प्राप्त गर्दा उनका निकटम प्रतिष्पर्धी शाही ४ हजार ६१० मतमा सीमित भए । 

Muktinath Bank

हुम्लाको अदानचुली गाउँपालिका–१ कल्खेका स्थायी बासिन्दा परियार आफ्नो जीतलाई कर्णालीका सिंगो दलित समुदायको जीतको संज्ञा दिन्छन् । ‘दलितहरूले पनि प्रत्यक्षतर्फ निर्वाचन जित्न सक्दा रहेछन् भन्ने प्रमाणित भएको छ, अनेक प्रतिकूलतालाई पन्छाउँदै जीत निकाल्न सफल भएँ’, उनी भन्छन्, ‘प्रतिष्पर्धीले सार्वजनिक मञ्चबाटै दलित समुदायको व्यक्ति भनेर होच्याउँदै भाषण गर्ने गर्नुभएको थियो, आखिर जनताले न्याय दिए ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्नातक तहसम्म अध्ययन पूरा गरेका रणसिंले १० वर्ष सरकारी शिक्षकका रुपमा हुम्लाका विभिन्न विद्यालयमा पढाए । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५९ सालमा जागिर छाडे । उनी भन्छन्, ‘स्थायी जागिर छाडेर उत्पीडित समुदायको न्याय र समानताका लागि आन्दोलनमा होमिएँ, पार्टी–संगठनप्रतिको लामो सर्मपण, त्याग र अनुशासनका कारण नेतृत्वले विश्वास गर्‍यो ।’  


Advertisment
Nabil box
Kumari

उनी हाल माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य छन् । अति पिछडिएको जिल्ला हुम्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनले सदनमा हुम्लाका दैन्दिनका समस्या, विकास र समग्र दलित समुदायको हक–हितका पक्षमा आवाज बुलन्द पार्ने सोच बनाएका छन् । रणसिं भन्छन्, ‘हुम्लाको विकासका लागि प्रदेश र केन्द्र सरकारलाई खबरदारी पुगेको छैन, जति हामी खबरदारी गर्न पछि पर्छौँ, त्यति नै हुम्ला पछाडि पर्ने अवस्था रहन्छ ।’ 

Vianet communication
Laxmi Bank

२०७४ मा पनि प्रदेश सभामा एक्ला दलित प्रतिनिधि निर्वाचित भएका थिए । त्यसबेला एमालेबाट मुगुका दानसिं परियारले प्रदेश सभा निर्वाचन जितेका थिए । यसपटक माओवादी केन्द्रबाहेक गठबन्धनमा आबद्ध अन्य दलहरूसहित एमालेले पनि प्रदेश सभामा दलितलाई टिकट दिएको थिएन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x