माघ १४, २०७९
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार खटेको प्रहरी टोलीले प्रल्हाद कार्कीलाई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त...
काठमाडाैं | मंसिर १३, २०७९
नेपाल प्रहरीमा २ हजार ६ सय कर्मचारीको दरबन्दी थपिने भएको छ । प्रहरी प्रधान कार्यालयले देशका विभिन्न ठाउँमा आवश्यकता परेको भन्दै प्रतिवेदन तयार गरेर दरबन्दी थप गर्ने प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ ।
सरकारले सैद्धान्तिक सहमति दिएपछि कुन दर्जामा कति आवश्यक पर्छ भन्ने विषयको अनुसन्धान गरेर प्रस्ताव गृहमन्त्रालयमा बुझाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
‘सरकारको सैद्धान्तिक सहमतिपछि हामीले अनुसन्धान गरेर कुन ठाउँमा कति दरबन्दी आवश्यक पर्छ भन्ने अनुसन्धान गरेर गृहमन्त्रालयमा बुझाएका छौँ’, ती उच्च अधिकारीले भने, ‘त्यसलाई गृहले आवश्यक प्रकृया पूरा गरेर अगाडि बढाइने छ ।’
पछिल्लो समयमा साइबर अपराध, जघन्य अपराधजस्ता विषयको अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले पठाएको छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल थप भएपछि त्यहाँ आवश्यक पर्ने भएकाले त्यसका लागि २ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप गर्ने प्रस्ताव गृहमा पुगेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
‘विभिन्न दर्जामा प्रहरीको आवश्यकतालाई औँल्याएर प्रहरीले प्रस्ताव पठाएको छ । त्यसका विषयमा हामीले हेरिरहेका छौँ, अब त्यसलाई अर्थबाट स्वीकृत गराएर मन्त्रिपरिषद्मा लगिनेछ,’ गृहमन्त्रालयका एक अधिकारीले लोकान्तरसँगभने ।
प्रहरीले ७ जना प्रहरी उपरीक्षक र २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को दरबन्दी थपका लागि प्रस्ताव पठाएको छ । यही अनुपातमा प्रहरी निरीक्षक, प्रहरी वरिष्ठ निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दारदेखि जवानसम्मको २ हजार ६ सय जनाको दरबन्दी थपका लागि माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीको वृतिविकास, लामो समय एउटै दर्जामा बस्नु पर्ने बाध्यतालाई कम गर्न दरबन्दी थप्न लागिएको प्रहरी हेडक्वार्टरका अधिकारीहरूको दाबी छ ।
‘अस्ति डीएसपीबाट एसपीमा बढुवा गर्दा पनि एकै लटमा सबै जना बढुवा गर्न पाइएन, त्यसले गर्दा क्यापेबल अधिकारीहरू पनि छुटे आगामी दिनमा त्यस्ता समस्या नआउन् भन्नका लागि दरबन्दी थप गर्न लागिएको हो’, हेडक्वाटरका एक उच्च अधिकारी भन्छन् ।
माथिल्लो दर्जामा राजनीतिक पहुँच पुर्याएर दरबन्दी थप गर्दै माथि आउने प्रवृत्तिले गर्दा तल्लो तहका कर्मचारीहरू सधैं मार्कामा पर्ने भएकाले प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले दरबन्दी थपका लागि सरकारसँग सहमति लिएर प्रकृया अगाडि बढाएको ती अधिकारीले बताए ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार खटेको प्रहरी टोलीले प्रल्हाद कार्कीलाई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त...
धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलनगरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो...
पोखरामा पनि एक युवकले आफ्नै शरीमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। पोखरा महानगरपालिका- १३ बस्ने युवाले आज आइतबार बिहान शौचालयमा गएर आफ्नो शरीरमा आगो लगाउन खोज्दा उनलाई उद्धार गरिएको छ। ...
आफ्नै बुवा भोटखोला गाउँपालिका –५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा प्रेमकुमारले लाठी प्रहार गरी...
नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ। नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोत...
दाङको घोराही उपमहानगरपालिका –१५ थारु गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६ सय १० ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...