२५ जेठ २०८३, सोमबार

मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो दल, खुम्चियाे माओवादी

मंसिर १३, २०७९
मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो दल, खुम्चियाे माओवादी

मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा ४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेश सभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधि सभाका लागि ९ र प्रदेश सभाका लागि १५ स्थानमा विजयी भएर  पहिलो पार्टी बनेको छ । 

२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित ९ सिट जितेको हो । प्रतिनिधि सभातर्फ एमालेले सिरहा—१, धनुषा–३, सर्लाही-३, बारा-१,पर्सा-३,सिरहा-३, बारा-३ र महोत्तरी-१लगायत क्षेत्रमा जितेको छ । अघिल्लो पटक प्रदेश सभामा १४ सिट जितेको एमालेले एक सिट थप्दै सप्तरी–१(१), सिरहा-१(१), सिरहा-२(२), सिरहा ३(१), धनुषा-१(१),धनुषा-२(१), धनुषा-३(२), धनुषा-४(२), रौतहट-२(१), बारा-१(१), बारा-३(१), बारा-४(१), बारा-३(२), महोत्तरी-१(१) र महोत्तरी-४(१) गरी १५ स्थानमा जितेको छ । 

नेपाली कांग्रेस प्रतिनिधि सभामा सात र प्रदेश सभामा १३ स्थानमा विजयी भएर दोस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधि सभातर्फ सप्तरी-३, धनुषा-२, रौतहट-४, पर्सा-२, पर्सा-४, सप्तरी-४ र महोत्तरी-४ मा जितेको छ । त्यसैगरी प्रदेश सभामा कांग्रेसले सप्तरी-३(१), धनुषा-३(१), धनुषा-४(१), सर्लाही-२(१), सर्लाही-२(२), सर्लाही-४(१), रौटहट-१(१), रौटहट-१(२), रौतहट-३(२), पर्सा-२(१), पर्सा-३(२), पर्सा-४(१) र धनुषा १(१) मा जितेको छ । अघिल्लो पटक कांग्रेसले प्रतिनिधि सभामा छ र प्रदेश सभामा नौ सिट जितेको थियो । 

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभामा छ र प्रदेश सभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधि सभामा सप्तरी-१, सिरहा-४,पर्सा-१, बारा-२, सिरहा-२ र धनुषा १ मा जितेको छ ।

त्यसैगरी प्रदेश सभामा जसपाले धनुषा-२(२), पर्सा-१(२), पर्सा-४(२), बारा-१(२), रौतहट-४(२), सर्लाही-३(२), सिरहा-१(२), बारा-२(२) र महोत्तरी ४(२) मा जितेको छ । २०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरमको रुपमा रहेको जसपाले प्रतिनिधि सभामा ९ र प्रदेश सभामा १९ सिट जितेको थियो । 

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा तीन र प्रदेश सभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ । प्रतिनिधि सभामा लोसपाले महोत्तरी-२, सर्लाही-१ र महोत्तरी-३ मा तथा प्रदेश सभामा पर्सा-२(२), महोत्तरी-२(१), महोत्तरी-३(१), महोत्तरी-३(२), सर्लाही-१(१), सिरहा-४(२) र बारा-४(२) मा जितेको छ । 

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) हुँदा लोसपाले प्रतिनिधि सभामा १० र प्रदेश सभामा १५ सिट जितेको थियो । पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा छ स्थान जितेको छ । प्रतिनिधि सभामा पार्टी अध्यक्ष डा सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी-२ मा पराजित गरे । सो पार्टीले प्रदेश सभामा सप्तरी–१ (२), सप्तरी–२(१), सप्तरी–२(२), सप्तरी–३(२), सिरहा-४(१) र सिरहा-२(१) मा जितेको छ । 

त्यसैगरी स्वतन्त्र उम्मेदवारहरूले प्रतिनिधि सभामा तीन र प्रदेश सभामा छ सिट जितेका छन् । प्रतिनिधि सभातर्फ सर्लाही-४,रौतहट-२ र रौतहट-३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा-३ (१), बारा-२(१), महोत्तरी-२(२), रौतहट-३(१), सर्लाही-३(१) र सप्तरी-४(२) मा जितेका हुन् ।   

नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा पाँच सिट जितेकामा यसपटक एक र प्रदेश सभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ ।

प्रतिनिधि सभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित भए । प्रदेशमा माओवादीले सर्लाही-४(२), महोत्तरी-१(२), रौतहट-४(१) र पर्सा-१(१) बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभाका लागि रौतहट-१ र बाराबाट दुई सिट र प्रदेश सभामा रौतहट-२(२), सर्लाही-१(२), सिरहा-३(२) र सप्तरी-४(१) गरी चार सिट जितेको छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्