×

NMB BANK
NIC ASIA

मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो दल, खुम्चियाे माओवादी

मंसिर १३, २०७९

NTC
Premier Steels

मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा ४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेश सभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधि सभाका लागि ९ र प्रदेश सभाका लागि १५ स्थानमा विजयी भएर  पहिलो पार्टी बनेको छ । 

Muktinath Bank

२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित ९ सिट जितेको हो । प्रतिनिधि सभातर्फ एमालेले सिरहा—१, धनुषा–३, सर्लाही-३, बारा-१,पर्सा-३,सिरहा-३, बारा-३ र महोत्तरी-१लगायत क्षेत्रमा जितेको छ । अघिल्लो पटक प्रदेश सभामा १४ सिट जितेको एमालेले एक सिट थप्दै सप्तरी–१(१), सिरहा-१(१), सिरहा-२(२), सिरहा ३(१), धनुषा-१(१),धनुषा-२(१), धनुषा-३(२), धनुषा-४(२), रौतहट-२(१), बारा-१(१), बारा-३(१), बारा-४(१), बारा-३(२), महोत्तरी-१(१) र महोत्तरी-४(१) गरी १५ स्थानमा जितेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस प्रतिनिधि सभामा सात र प्रदेश सभामा १३ स्थानमा विजयी भएर दोस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधि सभातर्फ सप्तरी-३, धनुषा-२, रौतहट-४, पर्सा-२, पर्सा-४, सप्तरी-४ र महोत्तरी-४ मा जितेको छ । त्यसैगरी प्रदेश सभामा कांग्रेसले सप्तरी-३(१), धनुषा-३(१), धनुषा-४(१), सर्लाही-२(१), सर्लाही-२(२), सर्लाही-४(१), रौटहट-१(१), रौटहट-१(२), रौतहट-३(२), पर्सा-२(१), पर्सा-३(२), पर्सा-४(१) र धनुषा १(१) मा जितेको छ । अघिल्लो पटक कांग्रेसले प्रतिनिधि सभामा छ र प्रदेश सभामा नौ सिट जितेको थियो । 


Advertisment
Nabil box
Kumari

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभामा छ र प्रदेश सभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधि सभामा सप्तरी-१, सिरहा-४,पर्सा-१, बारा-२, सिरहा-२ र धनुषा १ मा जितेको छ ।

Vianet communication

त्यसैगरी प्रदेश सभामा जसपाले धनुषा-२(२), पर्सा-१(२), पर्सा-४(२), बारा-१(२), रौतहट-४(२), सर्लाही-३(२), सिरहा-१(२), बारा-२(२) र महोत्तरी ४(२) मा जितेको छ । २०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरमको रुपमा रहेको जसपाले प्रतिनिधि सभामा ९ र प्रदेश सभामा १९ सिट जितेको थियो । 

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा तीन र प्रदेश सभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ । प्रतिनिधि सभामा लोसपाले महोत्तरी-२, सर्लाही-१ र महोत्तरी-३ मा तथा प्रदेश सभामा पर्सा-२(२), महोत्तरी-२(१), महोत्तरी-३(१), महोत्तरी-३(२), सर्लाही-१(१), सिरहा-४(२) र बारा-४(२) मा जितेको छ । 

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) हुँदा लोसपाले प्रतिनिधि सभामा १० र प्रदेश सभामा १५ सिट जितेको थियो । पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा छ स्थान जितेको छ । प्रतिनिधि सभामा पार्टी अध्यक्ष डा सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी-२ मा पराजित गरे । सो पार्टीले प्रदेश सभामा सप्तरी–१ (२), सप्तरी–२(१), सप्तरी–२(२), सप्तरी–३(२), सिरहा-४(१) र सिरहा-२(१) मा जितेको छ । 

त्यसैगरी स्वतन्त्र उम्मेदवारहरूले प्रतिनिधि सभामा तीन र प्रदेश सभामा छ सिट जितेका छन् । प्रतिनिधि सभातर्फ सर्लाही-४,रौतहट-२ र रौतहट-३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा-३ (१), बारा-२(१), महोत्तरी-२(२), रौतहट-३(१), सर्लाही-३(१) र सप्तरी-४(२) मा जितेका हुन् ।   

नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा पाँच सिट जितेकामा यसपटक एक र प्रदेश सभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ ।

प्रतिनिधि सभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित भए । प्रदेशमा माओवादीले सर्लाही-४(२), महोत्तरी-१(२), रौतहट-४(१) र पर्सा-१(१) बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभाका लागि रौतहट-१ र बाराबाट दुई सिट र प्रदेश सभामा रौतहट-२(२), सर्लाही-१(२), सिरहा-३(२) र सप्तरी-४(१) गरी चार सिट जितेको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x