२७ असार २०८३, शनिबार

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

मंसिर १३, २०७९
नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अंकले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ०८ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम छ । आजको कारोबारमा कूल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर रु ९५ करोड ७० लाख ६० हजार दुई सय २५ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ बराबरको कारोबार भयो । 

नबिल बैंक रु चार करोड ३१ लाख ६१ हजार आठ सय ९२, शिवम् सिमेन्ट रु चार करोड २२ लाख चार हजार नौ सय ३५, नेष्डो समृद्धि लघुवित्त रु तीन करोड १८ लाख ५९ हजार चार सय २१ र एनसिसी बैंक रु दुई करोड ५२ लाख २५ हजार सात सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार धौलागिरी लघुवित्त छ दशमलव १०, एनसिसी बैंक पाँच दशमलव शुन्य पाँच, एनआइसी  एशिया बैंक चार दशमलव १८, गुह्यश्वरी मर्चेन्ट बैंक चार दशमलव शून्य तीन र खप्तड लघुवित्तका लगानीकर्ताले चार दशमलव शून्य दुई प्रतिशतले कमाएका छन् । 

त्यस्तै, एनआईसी एशिया ब्यालेन्स फण्ड चार दशमलव ६०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक तीन दशमलव ६८, नेपाल एसआइबी बैंक तीन दशमलव ६३, सिद्धार्थ इन्स्योरेन्स तीन दशमलव ४४ र नबिल ब्यालेन्स फण्ड तीनका लगानीकर्ताले दुई दशमलव ६० प्रतिशतले गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्