
प्रतिनिधि सभातर्फ सुनसरी ४ मा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियतले मतान्तर घटाउँदै लगेका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग मतान्तर घटाउँदै लगेका हुन् । पछिल्लो मत परिणाममा कुसियत कार्कीभन्दा मात्र ६२ मतले पछाडि परेका छन् ।
जारी मत गणनाको पछिल्लो परिणामअनुसार मन्त्री कार्कीले २७ हजार ५०९ मत पाएका छन् । एमालेका कुसियतले २७ हजार ४४७ मत पाएका छन् ।
सुनसरीका अन्य निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । मत गणनाका क्रममा विवाद भएपछि सुनसरी ४ को गणना २ दिन रोकिएको थियो । निर्वाचन आयोगले मत गणना सुचारु गर्न निर्देशन दिएपछि पुनः मत गणना कार्य शुरु गरिएको हो ।