२७ जेठ २०८३, बुधबार

सीजीले ५० भन्दा बढी घरायसी सामान बिक्री गर्दै आइरहेको छ

मंसिर १५, २०७९
सीजीले ५० भन्दा बढी घरायसी सामान बिक्री गर्दै आइरहेको छ
  • मनमोहन झा, वरिष्ठ प्रबन्धक (बिक्री प्रमुख)

अहिले जाडोको सिजन भएकोले बजारमा सीजीले घरायसी प्रयोगमा आउने सबै प्रकारका समान बिक्री गरिरहेको छ । जाडोको लागि तातो बनाउन प्रयोग हुने सबै उत्पादन सीजीले बिक्री गरिरहेको छ । जाडोको लागि प्रयोग हुने जग, केटल, ग्यास गिजर, नयाँ प्रविधिको हिटर, एसीलगायतका सामान छ । घरायसी प्रयोगमा चाहिने सबै सामानको कम्प्लिट सोलुसन नै सीजी हो । अहिले सीजीले ५० भन्दा बढी प्रडक्ट नियमितरूपमा बिक्री गरिरहेका छौँ  ।

हरेक वर्ष नयाँ उत्पादन ल्याउने, नयाँ भर्सन सार्वजनिक गर्ने, इन्टनरनेट अफ थिङस (आइओटी) प्रडक्ट सीजीले ल्याएको छ । स्मार्ट डोमेस्टिक अप्लाइन्सका रूपमा नयाँ प्रडक्ट थप हुँदै गएको छ । हेर्दा राम्रो देखिनेदेखि प्रयोगमा प्रविधिको प्रयोग गर्नेसम्मलाई स्मार्ट सामानका रूपमा बिक्री गर्ने गरिएको छ ।

जसरी इन्टरनेटबाट चल्ने उत्पादनलाई स्मार्ट भनिन्छ, त्यस्तै सामान हामीसँग पनि छ । अहिले घरायसी सामानमा आईओटीबाट चल्ने सामान अहिले रेफ्रिजेरेट, एसी र वासिङ मेसिन चलाउन सक्ने बनाएका छौँ । योबाहेक अहिले सीजी मेरिडिया नामक प्रडक्ट ल्याएका छौँ । यस्तो प्रडक्ट १२ वटा पुगिसकेको छ । यस्तो प्रडक्ट हाम्रा सबै उत्पादनमा पु¥याउने छौँ । सीजी ब्राण्ड भनेर ग्राहकको मन जित्ने गरी काम गरिरहेका छौँ । 

सीजीका उत्पादन आवश्यकताका आधारमा प्रयोग गर्न सकिन्छ । ग्राहकले कम्पनीको सेवादेखि यसका सामानमा प्रयोग गर्न ढुक्क हुन सकिनेसम्म छन् । सीजी ब्राण्डेड सामान भएकोले अन्तर्राष्ट्रियस्तरमा प्रयोग हुने यस्तो सामानको गुणस्तरमा कुनै पनि सम्झौता गरेका हुँदैनौँ । क्वालिटी प्रडक्ट र सर्भिस पनि हाम्रो प्राथमिकता हो । 

अहिले जाडोको मौसम भएकोले ग्राहकले रुचाउने सामान सबै उपलब्ध गराएका छौँ । ग्राहकले घरमा ढुक्क भएर एसी जस्तै गरी चलाउन मिल्ने सीजीले आयल फिल्ड रेडियटर हिटर ल्याएको छ । यसलाई हामीले सुरक्षा, क्वालिटीमा ग्यारेन्टी गरेका छौँ । झ्याल ढोका बन्द गरेर ढुक्कले चलाउन सकिने यस्तो उत्पादन भरपर्दो र लामो समय टिक्ने भएकोले हेलोजिन हिटरको तुलनामा थोरै महँगो भने हुन्छ । यसलाई १०÷१५ वर्ष ढुक्कले चलाउन सक्छौैँ । यसका साथै सीजीले हालै सार्वजनिक गरेको पीटीसी हिटर पनि ल्याएका छौँ ।

सीजीले हरेक ग्राहकलाई दृष्टिगत गरेर आफ्ना उत्पादन सार्वजनिक गरेको छ । सबै वर्गका उपभोक्ताले हाम्रा उत्पादन ढुक्कले प्रयोग गर्न सक्छन् । सीजीका उत्पादन बजारमा पाइने अन्य सामानको मूल्यमै पाइन्छ । बजारमा पनि बर्सेनि हाम्रा उत्पादनको प्रयोग बढिरहेको छ । 

(सीजी इलेक्ट्रोनिक्सका वरिष्ठ प्रबन्धक (बिक्री प्रबन्धक) मनमोहन झासँगको कुराकानीमा आधारित) 

salt training

कमेन्ट गर्नुहोस्