१२ साउन २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

बद्री पाण्डेको जीतसँगै प्रत्यक्षमा कांग्रेसको खाता बन्द, विगतभन्दा ३४ सीट बढायो

मंसिर १८, २०७९
बद्री पाण्डेको जीतसँगै प्रत्यक्षमा कांग्रेसको खाता बन्द, विगतभन्दा ३४ सीट बढायो

सहमहामन्त्री बद्री पाण्डेको जीतसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुगेको छ । 

आइतवार बिहान सम्पन्न मतगणनामा एमाले उम्मेदवार कर्ण थापालाई झण्डै साढे ५ हजार मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । 

पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गर्दा एमालेका थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरे ।

पाण्डेको जीतसँगै प्रत्यक्षतर्फ कांग्रेसको खाता बन्द भएको छ । गणना गर्न बाँकी रहेको दोलखामा एमाले र माओवादीबीच प्रतिस्पर्धा छ । कांग्रेसका उम्मेदवार छैनन् ।

नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सीट जितेको छ । २०७४ सालको प्रतिनिधिसभा चुनावमा २३ सीटमा सीमित भएको कांग्रेसले ३४ बढाएर ५७ सीट हात पार्न सफल भएको छ ।

समानुपातिकमा भने कांग्रेसले एमालेले भन्दा एक सीट कम पाउने सम्भावना छ । 

एक अग्रता र ४४ स्थानमा विजय हासिल गरेको छ । माओवादी केन्द्रले १७, नेकपा एसले १० तथा राप्रपा, रास्वपा र जसपाले समान ७ सीट जितेका छन् ।

स्वतन्त्रले ५, नागरिक उन्मुक्तिले ३, तथा जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ सीट जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्