माघ १३, २०७९
नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो ८ औं वर्ष माघ १३ देखि १५ गते काठमाडौंंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर...
नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रा.लि. नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने चरणमा प्रवेश गरेको छ ।
ओएसएम रेजप्लस एक विद्युतीय तीनपांग्रे कार्गो सवारी साधन हो । यसमा १०.८ किलोवाट ब्याट्री जडान गरिएको छ, जबकि ओएसएम स्ट्रिम ८.५ किलोवाट पावरप्याक भएको विद्युतीय तीनपांग्रे यात्रुवाहक सवारी साधन हो । दुवै गाडीलाई सामथ्र्य प्रदान गर्ने सबै विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान हो ।
हल्का वजनको रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६०० केजी छ भने गाडीको कूल वजन १,००० किलो छ । यात्रामा सहजताका लागि गाडीले कम रोलिङ प्रतिरोधी १० इन्चको टायर प्रयोग गर्छ । यति मात्र नभई, दुवै सवारी साधनको न्यूनतम ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।
रेजप्लस र स्ट्रिमका बारेमा टिप्पणी गर्दै एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले भने, ‘नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्नेछ ।’
हिमाली राज्यको विकासको सम्भावनाबारे बोल्दै ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले भने, ‘नेपाल सरकार सवारीसाधनले सिर्जना गर्ने वायुप्रदूषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको छ । संयोगवश, वायु प्रदूषणको समस्याले नेपाललाई यति धेरै सताएको छ कि नेपालको ६० प्रतिशत वायुप्रदूषणको उत्पत्ति यातायात क्षेत्रका कारण भएको छ । ओमेगा सेकी मोबिलिटी प्रदुषण विरुद्धको सरकारको लडाइँको एक हिस्सा बन्न चाहन्छ र अत्याधुनिक, पहुँचयोग्य विद्युतीय सवारीसाधन ल्याई काठमाडौंमात्र नभई सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दिगो राष्ट्र बनाउन सघाउनेछ ।’
नेपाली मिडियामा ओएसएम रेज प्लस र ओएसएम स्ट्रिमको परिचय दिँदै ओमेगा सेकी मोबिलिटीका प्रबन्ध निर्देशक डा. देब मुखर्जीले भने, ‘ओएसएमका ईभीहरु नेपालका लागि भाग्यमा लेखेर ल्याएजस्तै हो । इन्धनको मूल्यवृद्धिसँगै देशमा पेट्रोल र डिजेलबाट चल्ने तीनपांग्र सवारीसाधन चलाउन आर्थिक रुपमा खर्चिलो हुन थालेको छ । रेज प्लस र स्ट्रिमको कम लागत अपरेटरहरूको लागि लाभदायक हुनेछ । साथै, हाम्रा दुवै उत्पादनहरूमा स्वचालित ट्रान्समिसन जडान गरिएको छ जसले चालकहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ । यसबाहेक, शक्तिशाली बुस्ट मोडको साथले ड्राइभरहरूले पहाडी इलाकामा समेत हावाको चालमा गाडी चलाउन पाउनेछन् ।’
उत्पादनहरूको बारेमा कुरा गर्दै बिक्री, मार्केटिङ र सेवासम्बन्धि निर्देशक विवेक धवनले भने, ‘भारतीय इलेक्ट्रिक थ्री–व्हीलर कार्गो क्षेत्रको शिखरमा पुगिसकेपछि ओएसएमले त्यहाँको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक थ्री–व्हीलर अब नेपालमा ल्याइरहेको छ । आलोचकहरुबाट समेत प्रशंसित यस उत्पादन ओएसएमद्वारा डिजाइन, विकास र इन–हाउस निर्माण गरिएको छ । गत आर्थिक वर्षमा ईभीको उत्पादन सात गुणाले बढेर १८०० युनिटभन्दा बढी भई यो व्यवसायिक क्रान्तिको शिखरमा छ । म विश्वस्त छु कि नेपाली नागरिकहरूले ओएसएम सवारीसाधनको बहुआयामिक गुणहरुलाई स्वीकार गर्नेछन् र वातावरणप्रतिको नागरिक कर्तव्य निर्वाह गरेकोमा गर्वको अनुभूति गर्नेछन् ।’
ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिन्छ । पूर्ण चार्जले तीनपांग्रे मालवाहक (रेजप्लस) १२० किमी र तीनपांग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किमीको यात्रा गर्दछन् ।
नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो ८ औं वर्ष माघ १३ देखि १५ गते काठमाडौंंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर...
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड आयोजना गरेको छ । ३० जना राइडरहरूको सहभागिता रहेको उक्त ...
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो। लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ। कपडा प्रोडक्सनको काम पुरानो बानेश्व...
नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ । शोरुम समुद्घाटन, डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जीव ...
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार पुगेको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । बिहीबार प्रतितोला ७ सय रुपै...
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा क...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...