माघ १५, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भ...
काठमाडाैं | मंसिर १८, २०७९
नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो ।
एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायताअन्तर्गत सदस्यता प्रदान गरेको हो । यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकको विश्वास छ । यो सुविधा अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ ।
यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सिमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरुको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारहरुलाई सहज गर्नेछ ।
नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण र सहजीकरणका लागि नबिल बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रयास गर्दै आएको छ । यस व्यापार सहायता कार्यक्रमअन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोशेढुंगा सावित हुने नबिल बैंकले जनाएको छ ।
एक्जिम बैंक आयात–निर्यात वित्तपोषणमा संलग्न संस्थाहरुको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौंदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रभावकारी रणनीति तथा उत्कृष्ट व्यवस्थापन अभ्यासका साथ नबिल सबै सरोकारवालालाई सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने पहिलो रोजाइको बैंकका रुपमा स्थापित भएको छ । व्यावसायिक बैंकिङ सेवाहरुमार्फत नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र इन्भेस्टमेन्ट बैंकिङजस्ता सेवा प्रदान गर्दै आएको छ ।
देशभर बैंकका २३३ शाखा कार्यालय, २६९ एटीएम, असंख्य पोस (पीओएस) टर्मिनल, रेमिट्यान्स एजेन्ट र २०० भन्दा बढी अन्तर्राष्ट्रिय कर्रेसपन्डेन्ट बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भ...
एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ। आज यससम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ ला...
सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमवार औपचारिक कार्यक्रमको आयोजना ग...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरू पनि मर्जर हुनुपर्ने बताएका छन्। मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय निजी क्ष...
एनआईसी एशिया बैंक लिमिटेडले चालू आव २०७९/८० को दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विव...
पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले इल...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...