२७ असार २०८३, शनिबार

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

मंसिर २०, २०७९
सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रबद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने घोषणा गरेको छ । यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् । त्यस्तै न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन् । 

सेगवेको यो शुरुवातले ग्राहकहरूको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ । सेगवे ई–स्कुटरका चालकहरूले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दूरीको यात्रा मज्जाले गर्न सक्नेछ । यो सुविधा फाइदामूलक हुनुका साथै प्रभावकारी हुनेछ, किनकी यसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछ र चार्जरहरू फीट गर्न पनि सजिलो हुनेछ । 

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।

विद्युतीय सवारीसाधनहरू भविष्य हुन् , त्यसैले सेगवे–नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ । नेपालमा सेगवे ईभी स्कुटरको क्रेज बढ्दै गएको छ । यसले ग्राहकहरूको प्रशंसा बटुल्नुका साथै यिनीहरूको फीचर र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको कम्पनीको दाबी छ । यसरी ईभी सवारी साधनहरूको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरूले देशभरका पहुँच योग्य स्थानहरूमा चार्जिङ स्टेशनहरू जडान थाल्ने भएको छ । चार्जिङ स्टेशनको स्थापनासँगैे ग्राहकहरूको सेगवे प्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रबद्र्धन र बिक्री गर्ने धेरै कम्पनी छन् । आई हव प्रा. लिमिटेड नेपालमा विद्युतीय सवारी साधनको एक प्रतिष्ठित वितरक कम्पनी हो । बढ्दो क्रेजले कम्पनीलाई काठमाडौंमा चार्जिङ स्टेशनहरू बढाउन प्रेरित गरेको छ र उनीहरू त्यसतर्फ लागेका छन् ।

सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमा चार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरू प्राप्त गर्नेछन् । सेगवे विद्युतीय सवारी साधनमा ट्रेन्डसेटर हो । उपत्यकामा चार्जिङ स्टेसनहरू सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्त हुनेछन् ।

सेगवे नाइनबटको बारेमा ः
छोटो दूरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो । यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो । नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।

२०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमा आएको थियो । हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरूमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरू बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन् । विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे–नाइनबटले प्रयोगकर्ताहरू र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरू सिर्जना गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्