३२ असार २०८३, बिहीबार

खार्पुनाथ पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित

मंसिर २२, २०७९
खार्पुनाथ पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित

हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएको छ । गाउँपालिकाभित्र सबै बालबालिकालाई खोप लगाउने काम सम्पन्न भएपछि पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका कार्यबाहक अध्यक्ष जयबहादुुर शाहीले खोप लगाउने सबै उमेर समुहका बालबालिकाले खोप लगाएको बताए । गाउँपालिकालाई बुधबार नै पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित गरिएको उनले बताए । गाउँपालिकाका पाँच वटै वडाका वस्तीमा स्थलगत अनुगमन गरी सो निर्णय गरिएको शाहीको भनाइ छ । बुधबार औपचारिक कार्यक्रम गरी घोषणा कार्यक्रम गरिएको थियो । 

खार्पुनाथ गाउँपालिकामा कुुल खोप लगाउने बालबालिका ३८१ मा १६ देखि २३ महिनाका १६३ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । जन्मेदेखि पन्ध्र महिनासम्मका २१८ बालबालिकालाइ पनि खोप लगाइएको छ । 

खार्पुनाथ गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा हुने पहिलो गाउँपालिका भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख दलुु फडेराले पूर्णखोप घोषित हुनु स्वागतयोग्य भएको बताए । भावी दिनका चुनौतीका विषयमा पनि ख्याल गर्नुपर्ने उनले सुझाव दिए । गाउँमा खटिने गाउँपालिकाका स्वास्थ्यकर्मीलाई उनले धन्यवाद पनि दिए । 

salt training

कमेन्ट गर्नुहोस्