२७ असार २०८३, शनिबार

दुर्घटनामा परेकी मोडल सायालाई दोहोरीगीत प्रतिष्ठानको कल्याणकारी कोषबाट आर्थिक सहयोग

मंसिर २२, २०७९
दुर्घटनामा परेकी मोडल सायालाई दोहोरीगीत प्रतिष्ठानको कल्याणकारी कोषबाट आर्थिक सहयोग

सवारी दुर्घटनामा परेर घाइते भएकी लोकदोहोरी मोडल साया भण्डारीलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको कलाकार कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ । 

मंसिर १० गते सवारी दुर्घटनामा परेकी भण्डारीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिसी, पूर्व अध्यक्ष बद्री पंगेनी लगायतको टोली बिहीबार बिहान अस्पताल पुगेर ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । 

प्रतिष्ठानका अध्यक्ष बिजी, पूर्व अध्यक्ष पंगेनीले मोडल भण्डारीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गरेका हुन् ।

मोडल भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आईरहेको छ । स्वास्थ्यमा सुधार आईरहेको र एक/दुई दिनमै डिस्चार्ज हुने तयारीमा रहेको प्रतिष्ठानका अध्यक्ष बिजीले बताए । उदियमान मोडल भण्डारीले केही आधुनिक तथा थुप्रै लोकदोहोरी गीतको भिडियोमा मोडलिङ गरेकी छिन् ।

प्रमोद खरेलदेखि विष्णु माझीसम्मले स्वर दिएका गीतको म्युजिक भिडियोहरुमा समेत उनले मोडलिङ गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्