माघ १७, २०७९
‘रविजी, तपाईंलाई गृह (मन्त्रालय) चाहिएको हैन ? ल लैजानुस् । बाँकी हामी मिलाउँछौं,’ प्रधानमन्त्रीमा शपथ लिनुअघि पुस ११ गते बानेश्वरमा मन्त्रालयको प्रारम्भिक भागबण्डा गर्न बसेको बैठकमा एमाले अध्यक्ष केप...
विराटनगर | मंसिर २२, २०७९
प्रदेश १ मा पनि सरकार बनाउन दलहरूबीच बहुपक्षीय गठबन्धन गर्नुपर्ने भएको छ ।
बहुमत कसैले पनि नल्याएपछि सरकार बनाउन दलहरू सांसदको जोडघटाउमा लागेका छन् । सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवैले बहुमत प्राप्त गरेका छैनन् ।
प्रदेश १ सरकार बनाउन जसपा र राप्रपा निर्णायक छन् । १ सीट प्राप्त गरेको जसपा सबैभन्दा निर्णायक छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४६ सीट प्राप्त गरेका छन् । त्यस्तै विपक्षी गठबन्धन एमाले राप्रपा र जसपाको ४७ सीट पुग्छ ।
प्रदेश नम्बर १ मा नेकपा एमाले ठूलो पार्टी बनेको छ । दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा, पाँचौंमा एकीकृत समाजवादी र छैटौं जसपा छन् ।
एमालेले प्रदेश १ मा समानुपातिक र प्रत्यक्षमै धेरै सीट जितेको छ । समानुपातिकतर्फ एमालेले १५ सीट जितेको छ भने कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४ तथा जसपा र नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ १–१ सीट जितेका छन् ।
प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ३ र राप्रपाले २ सीट जितेका छन् । समानुपातिक तथा प्रत्यक्ष दुवै जोडेर एमालेले ४० सीट जितेको छ । एमालेलाई सरकार बनाउन अब ७ सीट आवश्यक हुन्छ । राप्रपाको ६ सीट रहेको छ ।
राप्रपाले एमालेलाई सघाए १ सीट अपुग हुने देखिन्छ । यस्तै नेपाली कांग्रेसले २९, माओवादी केन्द्रले १३, एकीकृत समाजवादी पार्टीले ४ सीट जितेका छन् । उनीहरूको ४६ सीट हुन्छ ।
जसपाले १ सीट जितेको छ । त्यो एक सीट जता हुन्छ, त्यतै बहुमत पुग्छ ।
प्रदेश १ मा जसपा पनि सत्ता गठबन्धनमै रहेको छ । संघीय सरकारमा शेरबहादुर देउवाले जसपाबाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरे पनि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने स्वास्थ्य मन्त्री रहेका जयराम यादवलाई हटाएनन् । चुनावमा पराजय भोगे पनि मन्त्री यादव सत्तामै छन् ।
चुनाव अगाडि नै एमालेसँग समीकरण गरेको जसपाले कसलाई सघाउँछ भन्ने टुंगो नभएका कारण प्रदेश १ सरकार कसले बनाउने भन्ने अन्योल छ ।
उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको बताएका थिए । यसले अहिलेको सत्ता गठबन्धनलाई राहत मिलेको थियो । तर, जसपाका संघीय परिषद अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राईले अध्यक्ष यादवको भनाई व्यक्तिगत भनेपछि एमालेलाई राहत मिलेको छ ।
अहिले दुवै दलका गठबन्धनका नेताले राप्रपा र जसपाका नेता फकाइरहेका छन् । संघमा कस्तो समीकरण बन्छ त्यही समीकरण प्रदेशमा बन्ने भएकाले प्रदेश सरकार कसको बन्ने भन्ने अन्योल कायम छ ।
समानुपातिकको यस्तो छ मत परिणाम
२०७४ सालमा कूल सदर मत १७ लाख ३६ हजार ६२२ रहेकोमा २०७९ को निर्वाचनमा १८ लाख ९९ हजार १४४ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।
अघिल्लो निर्वाचनभन्दा १ लाख ६२ हजार ५२२ बढी मत सदर भएको देखिन्छ ।
ठूलो पार्टी बनेको एमालेले अघिल्लो चुनावको तुलनामा ८ हजार २४६ कम मत कम पाएको छ । एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । एमालेले २०७४ सालमा प्रदेशसभामा ६ लाख ७३ हजार ७०९ मत पाएको थियो ।
कांग्रेसले समानुपातिकमा अघिल्लोपटक भन्दा २३ हजार २९० कम पाएको छ । अघिल्लो चुनावमा ५ लाख ८६ हजार २४६ मत पाएको कांग्रेसले यो चुनावमा ५ लाख ६२ हजार ९५६ मत पाएको छ ।
माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनमा भन्दा यो निर्वाचनमा २५ हजार ५३६ कम मत पाएको छ । माओवादी केन्द्रले २०७४ मा २ लाख ६ हजार ७८१ मत पाएकोमा यसपटक १ लाख ८१ हजार २४५ मत पाएको छ ।
प्रदेशमा राप्रपाले राम्रो सफलता हात पारेको हो । राप्रपाले प्रदेशमा छलाङ नै मारेको छ । राप्रपाले २०७४ सालमा ५७ हजार ३४२ मत ल्याएकोमा योपटक १ लाख ४१ हजार १६९ मत बढाउँदै करीब २ लाख मत प्राप्त गरेको छ ।
२०७४ को निर्वाचनमा चौथो दल बनेको जसपा भने यसपटक खुम्चिएको छ । उसले २०७४ सालमा ७० हजार ४५६ मत पाएकोमा यसपटक ८ हजार ७५३ कम अर्थात् ६१ हजार ७२३ मत मात्र पाएको छ । अघिल्लोपटक प्रदेशसभामा प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी जसपाका ३ सांसद थिए ।
सत्ताका नेतृत्व गरेको एकीकृत समाजवादीले भने ५५ हजार ९५७ मत पाएको छ ।
‘रविजी, तपाईंलाई गृह (मन्त्रालय) चाहिएको हैन ? ल लैजानुस् । बाँकी हामी मिलाउँछौं,’ प्रधानमन्त्रीमा शपथ लिनुअघि पुस ११ गते बानेश्वरमा मन्त्रालयको प्रारम्भिक भागबण्डा गर्न बसेको बैठकमा एमाले अध्यक्ष केप...
लामो समयदेखि तनावग्रस्त रहेको इजरायल र प्यालेस्टाइनको सम्बन्ध पुनः नयाँ हिंसाको चरणमा प्रवेश गरेको छ । गत बिहीवार इजरायली कमान्डोहरूले पश्चिम किनारस्थित जेनिनमा रहेको शरणार्थी शिविरमा छापा मारेर नौजन...
म्यान्मारमा दुई वर्षअघि भएको सैन्य कूले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो । त्यतिखेर सेनाको कदमका विरुद्ध भएको राष्ट्रव्यापी प्रदर्शन अहिले गृहयुद्धमा परिणत भएको छ । म्यान्मार सेनाले विरोध...
‘जसले राष्ट्रपति कार्यकारी हुनुपर्छ भनेको छ, त्यो राष्ट्रपतिले यत्रो अधिकार कहाँबाट प्रयोग गर्यो भनेर विरोध गरेको छ । जसले राष्ट्रपति कार्यकारी हुनुहुँदैन भनेको थियो, त्यसले राष्ट्रपतिले ठीक गरेको छ भने...
राष्ट्रपतिमा कांग्रेसले हात बढाएपछि मुख्य दाबेदार एमाले आक्रामक बनेको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले माओवादीलाई फकाउन कुनै कसरत बाँकी राखेको छैन...
भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरूबाहेकका दलसँग छ । यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) मात्र जोडिँद...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...