२३ असार २०८३, मंगलबार
त्रिशंकु संसद्

प्रदेश १ को जटिल समीकरण– एक सीट जितेको जसपाको हातमा सरकारको चाबी

मंसिर २२, २०७९
प्रदेश १ को जटिल समीकरण– एक सीट जितेको जसपाको हातमा सरकारको चाबी

प्रदेश १ मा पनि सरकार बनाउन दलहरूबीच बहुपक्षीय गठबन्धन गर्नुपर्ने भएको छ ।

बहुमत कसैले पनि नल्याएपछि सरकार बनाउन दलहरू सांसदको जोडघटाउमा लागेका छन् । सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवैले बहुमत प्राप्त गरेका छैनन् ।

प्रदेश १ सरकार बनाउन जसपा र राप्रपा निर्णायक छन् । १ सीट प्राप्त गरेको जसपा सबैभन्दा निर्णायक छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४६ सीट प्राप्त गरेका छन् । त्यस्तै विपक्षी गठबन्धन एमाले राप्रपा र जसपाको ४७ सीट पुग्छ । 

प्रदेश नम्बर १ मा नेकपा एमाले ठूलो पार्टी बनेको छ । दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा, पाँचौंमा एकीकृत समाजवादी र छैटौं जसपा छन् ।

एमालेले प्रदेश १ मा समानुपातिक र प्रत्यक्षमै धेरै सीट जितेको छ । समानुपातिकतर्फ एमालेले १५ सीट जितेको छ भने कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४ तथा जसपा र नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ १–१ सीट जितेका छन् ।

प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ३ र राप्रपाले २ सीट जितेका छन् । समानुपातिक तथा प्रत्यक्ष दुवै जोडेर एमालेले ४० सीट जितेको छ । एमालेलाई सरकार बनाउन अब ७ सीट आवश्यक हुन्छ । राप्रपाको ६ सीट रहेको छ । 

राप्रपाले एमालेलाई सघाए १ सीट अपुग हुने देखिन्छ । यस्तै नेपाली कांग्रेसले २९, माओवादी केन्द्रले १३, एकीकृत समाजवादी पार्टीले ४ सीट जितेका छन् । उनीहरूको ४६ सीट हुन्छ ।

जसपाले १ सीट जितेको छ । त्यो एक सीट जता हुन्छ, त्यतै बहुमत पुग्छ ।

प्रदेश १ मा जसपा पनि सत्ता गठबन्धनमै रहेको छ । संघीय सरकारमा शेरबहादुर देउवाले जसपाबाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरे पनि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने स्वास्थ्य मन्त्री रहेका जयराम यादवलाई हटाएनन् । चुनावमा पराजय भोगे पनि मन्त्री यादव सत्तामै छन् । 

अहिले दुवै दलका गठबन्धनका नेताले राप्रपा र जसपाका नेता फकाइरहेका छन् । संघमा कस्तो समीकरण बन्छ त्यही समीकरण प्रदेशमा बन्ने भएकाले प्रदेश सरकार कसको बन्ने भन्ने अन्योल कायम छ ।

चुनाव अगाडि नै एमालेसँग समीकरण गरेको जसपाले कसलाई सघाउँछ भन्ने टुंगो नभएका कारण प्रदेश १ सरकार कसले बनाउने भन्ने अन्योल छ ।

उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको बताएका थिए । यसले अहिलेको सत्ता गठबन्धनलाई राहत मिलेको थियो । तर, जसपाका संघीय परिषद अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राईले अध्यक्ष यादवको भनाई व्यक्तिगत भनेपछि एमालेलाई राहत मिलेको छ । 

अहिले दुवै दलका गठबन्धनका नेताले राप्रपा र जसपाका नेता फकाइरहेका छन् । संघमा कस्तो समीकरण बन्छ त्यही समीकरण प्रदेशमा बन्ने भएकाले प्रदेश सरकार कसको बन्ने भन्ने अन्योल कायम छ ।

समानुपातिकको यस्तो छ मत परिणाम 

२०७४ सालमा कूल सदर मत १७ लाख ३६ हजार ६२२ रहेकोमा २०७९ को निर्वाचनमा १८ लाख ९९ हजार १४४ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्लो निर्वाचनभन्दा १ लाख ६२ हजार ५२२ बढी मत सदर भएको देखिन्छ ।

ठूलो पार्टी बनेको एमालेले अघिल्लो चुनावको तुलनामा ८ हजार २४६ कम मत कम पाएको छ । एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । एमालेले २०७४ सालमा प्रदेशसभामा ६ लाख ७३ हजार ७०९ मत पाएको थियो ।

कांग्रेसले समानुपातिकमा अघिल्लोपटक भन्दा २३ हजार २९० कम पाएको छ । अघिल्लो चुनावमा ५ लाख ८६ हजार २४६ मत पाएको कांग्रेसले यो चुनावमा ५ लाख ६२ हजार ९५६ मत पाएको छ ।

माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनमा भन्दा यो निर्वाचनमा २५ हजार ५३६ कम मत पाएको छ । माओवादी केन्द्रले २०७४ मा २ लाख ६ हजार ७८१ मत पाएकोमा यसपटक १ लाख ८१ हजार २४५ मत पाएको छ ।

प्रदेशमा राप्रपाले राम्रो सफलता हात पारेको हो । राप्रपाले प्रदेशमा छलाङ नै मारेको  छ । राप्रपाले २०७४ सालमा ५७ हजार ३४२ मत ल्याएकोमा योपटक १ लाख ४१ हजार १६९ मत बढाउँदै करीब २ लाख मत प्राप्त गरेको छ । 

२०७४ को निर्वाचनमा चौथो दल बनेको जसपा भने यसपटक खुम्चिएको छ । उसले २०७४ सालमा ७० हजार ४५६ मत पाएकोमा यसपटक ८ हजार ७५३ कम अर्थात् ६१ हजार ७२३ मत मात्र पाएको छ । अघिल्लोपटक प्रदेशसभामा प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी जसपाका ३ सांसद थिए ।

सत्ताका नेतृत्व गरेको एकीकृत समाजवादीले भने ५५ हजार ९५७ मत पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्