११ साउन २०८३, सोमबार

कतारमा रहेका नेपाली कामदारहरूलाई कोकाकोलाले दियो विश्वकप हेर्ने मौका

मंसिर २३, २०७९
कतारमा रहेका नेपाली कामदारहरूलाई कोकाकोलाले दियो विश्वकप हेर्ने मौका

वल्र्डकप २०२२ को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरूमध्ये कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारहरूलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ । 

आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशिएका नेपालीहरूको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरुप कम्पनीले उक्त पहल लिएको कोका–कोला नेपालले जनाएको छ । फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वल्र्डकप हेर्न पाउनु आफूहरूको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका–कोला प्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् ।

यसबारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरूको लागि केही गर्न चाहन्थ्यौँ । वहाँहरूको कडा परिश्रम र त्याग साच्चै प्रेरणादायी छ र हामी वहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ । वहाँहरूले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौँ ।’

कोका–कोलाले यो भन्दा अगाडि पनि आफ्नो दशैँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरूलाई कतार–नेपाल दुईतर्फी हवाई टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरूले निकै लामो समयको अन्तरालपछि आफ्नो परिवारसँग बसेर दशैँ तिहार मनाउने अवसर पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्