०७ साउन २०८३, बिहीबार

ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानी मुद्दा

मंसिर २६, २०७९
ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानी मुद्दा

अभिनेत्री नोरा फतेहीले अर्की अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मुद्दा दायर गरेकी छन् । एएनआईका अनुसार नोराबाट ज्याकलिनमाथि दुर्भावना प्रेरित गलत बयान दिएको आरोप लगाइएको छ । दुबै अभिनेत्री मुद्रा अपचलन मुद्दामा मुछिएका थिए । 
३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध अहिले पनि मुद्रा अपचलनको मुद्दा चलिरहेको छ । ज्याकलिनमाथि वित्तीय अनियमिताका आरोप छ । उनीमाथि सुकेश चन्द्रशेखरसँग महँगो गिफ्ट लिएर मुद्रा अपचलन गरेको आरोप छ। 
 

कमेन्ट गर्नुहोस्