०४ साउन २०८३, सोमबार

गुल्मीमा एचआइभी संक्रमित बढे, ३३९ मा संक्रमण

मंसिर २७, २०७९
गुल्मीमा एचआइभी संक्रमित बढे, ३३९ मा संक्रमण

गुल्मीमा ३३९ जना एचआईभी संक्रमित पुगेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मीदरबार गाउँपालिकामा २४ जना, छत्रकोट गाउँपालिकामा ४५ जना, रुरु क्षेत्र गाउँपालिकामा ३७ जना, चन्द्रकोट गाउँपालिकामा १९ जना, कालीगण्डकी गाउँपालिकामा ४ जना, सत्यवती गाउँपालिकामा ५९ जना, मालिका गाउँपालिकामा १९, इस्मा गाउँपालिकामा १९ जना, धुर्कोट गाउँपालिकामा २६ जना एचआईभी-एड्स संक्रमित छन् ।

संक्रमितमध्ये १९१ जनाले एआरटीबाट सुविधा लिइरहेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ । जिल्लामा नार्डेक नेपालले प्रवासी र तिनीहरुको दम्पतीका लागि एचआईभी परीक्षण गरिरहेको नार्डेक नेपाल गुल्मीका उपाध्यक्ष गुणानिधि शर्माले जानकारी दिए । 

इपिक नेपाल तथा राष्ट्रिय एचआईभी-एड्स महासंघको आर्थिक सहयोगमा हाम्रो जिवन प्लसले सामुदायिक हेरचाह केन्द्र र घर समुदायमा आधारित कार्यक्रम अन्तर्गत एचआइभी जोखिम समूहलाई एचआइभी संक्रमण परीक्षण गर्दैआएको छ । 

salt training

कमेन्ट गर्नुहोस्