
प्रियंका कार्की र आयुष्मान देशराज जोशीको सहकार्य फिल्मदेखि म्युजिक भिडियोमा समेत निरन्तर छ ।
केही वर्षको प्रेमसम्बन्धपछि तीन वर्षअघि प्रियंकाले आफूभन्दा कान्छा उमेरका अभिनेता आयुष्मानसँग दोस्रो विवाह गरेकी थिइन् ।
विवाहअघि र विवाहपछि पनि यो जोडी फिल्मदेखि म्युजिक भिडियोमा सँगसँगै देखिँदै आएको छ । ‘कथा काठमाडौं’, ‘चंगाचेट’, ‘प्रेम दिवस’ जस्ता फिल्ममा सँगै देखिएका प्रियंका र आयुष्मान पुसको २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चि मुसी चि’मा पनि सँगै देखिँदैछन् । यता, म्युजिक भिडियोहरुमा पनि यो जोडी निरन्तर देखिँदै आएको छ ।
हालै प्रियंका र आयुष्मानले कुमार सानु र देविका बन्दनाको स्वर रहेको एक गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो सुटिङका तस्वीरहरु गायिका देविकाले फेसबुकमा शेयर गरेकी छिन् ।
तस्वीरमा अभिनेता आयुष्मानले नाकमा नत्थी लगाएको देखिन्छन्, नाकमा पुरुषले नत्थी लगाएको बिरलै पाइन्छ । उनले लगाएको नत्थीलाई लिएर समेत विभिन्न टीकाटिप्पणी हुने गरेको छ ।
प्रियंका र आयुष्मान एक छोरीको आमाबुबा बनिसकेका छन् ।