३० असार २०८३, मंगलबार

भोलि सार्वजनिक हुँदैछ अहिलेसम्मकै सबभन्दा महंगो फिल्म

मंसिर २९, २०७९
भोलि सार्वजनिक हुँदैछ अहिलेसम्मकै सबभन्दा महंगो फिल्म

संसारको सबभन्दा महंगो फिल्म 'अवतार : द वे अफ वाटर' शुक्रवार सार्वजनिक हुँदैछ । 

यो फिल्म बनाउन २५० मिलियन डलर अर्थात् ३२०० करोड रुपैयाँ खर्च भएको छ । 

अवतारको कन्सेप्ट निर्देशक जेम्स क्यामरोनकी आमा शर्लीले सपनामा देखेकी थिइन् । शर्लीले नीलो रंगकी एक युवतीलाई सपना देखिन् । ती युवतीको उचाइ १२  फीट थियो । 

आमाले जेम्सलाई यो सपनाका बारेमा बताउँदा उनलाई नीला मानिसहरू बस्ने ग्रहको आइडिया आएको थियो । यो जेम्सले टाइटानिक फिल्म बनाउनुअघिकै कुरा हो । 

टाइटानिक बनाएको १२ वर्षपछि जेम्सले अवतार बनाएका हुन् । त्यसको १३ वर्षपछि अहिले दोस्रो भाग आएको थियो । 

अवतारअघि टाइटानिकले सबभन्दा धेरै कमाइको कीर्तिमान कायम गरेको थियो । अवतारले नै त्यो कीर्तिमान तोडेको थियो । 

जेम्स क्यामरोनले आफ्ना फिल्महरूमा उपयोग गरेको प्रविधि आफ्नो समयभन्दा निकै अघिको थियो । 

द टर्मिनेटरदेखि अवतार २ सम्म उनले प्रत्येक फिल्ममा चमत्कार गरेका छन् । जेम्स आफ्नो फिल्म आफैं लेख्छन् र त्यसको छायांकनको योजना पनि आफैं बताउँछन् । 

अवतारका लागि जेम्स क्यामरोनले सन् २००६ देखि स्क्रिप्टमा काम गरेका थिए । फिल्ममा देखिएका एलियनहरूका लागि उनले फरक भाषा बनाउन लगाए । भाषाविद् डा पल फ्रोमरले यसलाई बनाएका थिए । 

फिल्मका लागि जेम्सले सेटअप पनि बेग्लै किसिमको बनाएका थिए ।

अवतारलाई दर्शकहरूले निकै रुचाए । तर अवतार २ का आरम्भिक समीक्षाहरू उत्साहजनक छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्