३१ असार २०८३, बुधबार

भारतीय चर्चित अभिनेता विवेक ओबेरोयले गरे चन्द्रागिरि हिल्स भ्रमण

मंसिर २९, २०७९
भारतीय चर्चित अभिनेता विवेक ओबेरोयले गरे चन्द्रागिरि हिल्स भ्रमण

भारतका चर्चित अभिनेता विवेक ओबेरोयले बिहीवार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरूको पनि अवलोकन गरे । 

अभिनेता ओबेरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । उनले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिँदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । उनले चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई धन्यवाद पनि दिए । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्सरी रिर्सोटलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्