३२ असार २०८३, बिहीबार

प्रचण्डले विवेक ‍ओबरायलाई लगाइदिए भादगाउँले टाेपी

मंसिर २९, २०७९
प्रचण्डले विवेक ‍ओबरायलाई लगाइदिए भादगाउँले टाेपी

भारतीय चर्चित अभिनेता विवेक ओवरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् । बुधवार परिवारसहित नेपाल भ्रमणमा आएका विवेकले बिहीवार प्रचण्डलाई उनकै निवास खुमलटारमा पुगेर भेटेका हुन् । 

प्रचण्डले नायकद्वयलाई स्वागत गर्दै भादगाउँले टाेपी लगाइदिएका थिए । 

विवेकसँगै भारतीय चरित्र अभिनेता सुरेश ओवराय पनि खुमलटार पुगेका थिए । अभिनेताद्वय र प्रचण्डबीच भेटवार्ता भएको प्रचण्डपुत्री गंगा दाहालले जानकारी दिएकी छन् । भेटको तस्वीर फेसबुकमा शेयर गर्दै गंगाले लेखेकी छन्, ‘भारतीय सिनेमाका चर्चित चरित्र अभिनेता सुरेश ओवराय र युवापुस्ताका चर्चित नायक विवेक ओवरायले हाम्रो पार्टीका श्रदेय अध्यक्ष कमरेड प्रचण्डसँग खुमलटारमा भेटघाट गर्नुभएको छ ।’

परिवारसहित नेपाल भ्रमणमा आएका विवेकले पशुपतिनाथ, चन्द्रागिरिलगायतका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्