
सानिमा बैंक लिमिटेडले आइतवार १८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पँुजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल १८औँ वार्षिक साधारण सभाबाट निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ ।