२४ असार २०८३, बुधबार

एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पूरै डिजिटल बनाउने अभियान शुरू

एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पूरै डिजिटल बनाउने अभियान शुरू

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्धेश्य लिएर एनएमबी बैंक र ‘फोनपे’को सहकार्यमा मनकामना बजार पूरै डिजिटल बनाउने अभियान शुरु भएको छ ।

शुक्रवार क्यूआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले सो अभियानको शुरुवात गरे  । मनकामना मन्दिर परिसरमा पूजा सामाग्री, फलफूल, रेस्टुरेन्टलगायत अरु व्यवसायको भुक्तानी साथै मन्दिरमा भेटी दानसमेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएको छ । 

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्