२९ असार २०८३, सोमबार

एक महिनामा ७६ हजार बढी अफगान शरढार्थी स्वदेश फर्किए

असार २४, २०८३
काठमाडौं
एक महिनामा ७६ हजार बढी अफगान शरढार्थी स्वदेश फर्किए
फाइल तस्वीर

गत जुन महिनामा करिब ७६ हजार बढी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केका छन् ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरतले एक महिनामा ७६ हजार १८१ जना अफगान नागरिक स्वदेश फर्केको बताएका हुन् ।  

उनका अनुसार उनीहरूले अत्यावश्यक सामग्री खाद्यान्न राशन, पिउने पानी, चिकित्सा सेवाहरू, प्राप्त गरी उनीहरूको आफ्नै गृह प्रान्तमा गइसकेका छन् ।

काबुलमा मङ्गलबार भएको उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला  तथा उपप्रधानमन्त्री मावलवी अब्दुल सलाम हनाफीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का वरिष्ठ अधिकारीहरू समक्ष सन् २०२१ अगस्ट पछि ८० लाख भन्दा बढी शरणार्थीहरू अफगानिस्तान फर्केको बताए ।

salt training

कमेन्ट गर्नुहोस्