१७ असार २०८३, बुधबार

देशैभर मेला महोत्सवको बहार, स्टेजतिरै ब्यस्त कलाकार [तस्वीरहरु]

देशैभर मेला महोत्सवको बहार, स्टेजतिरै ब्यस्त कलाकार [तस्वीरहरु]
दाङको तुलसीपुरमा हजारौं दर्शकमाझ प्रस्तुति दिँदै गायक प्रकाश सपूत । साथमा सेल्फी लिँदै गायिका प्रीति आले ।

गायक हेमन्त शर्मा पछिल्ला दिनमा निरन्तर मेला महोत्सवमा व्यस्त छन् । ‘भैरहवा, बर्दघाट, तुलसीपुरका पछिल्ला तीन दिन त रमाईलोसँग बिते । बरु आजको दंगाली रात कस्तो पार्ने हो कुन्नि यो फुटबलले !’ – महोत्सवमा प्रस्तुति दिँदाको तस्विरसहित शर्माले आइतवार फेसबुकमा लेखेका छन् । 

गायक प्रकाश सपूतको दैनिकी पनि हिजोआज मेला/महोत्सवमा पुगेर प्रस्तुति दिँदै बितिरहेको छ । आइतबार मात्रै उनले हजारौं दर्शकमाझ प्रस्तुति दिँदै गरेका तस्वीरहरु फेसबुकमा राख्दै उनले लेखेका छन्, ‘दाङ तुलसीपुर । करिब २५ हजार दर्शक ।’  

गायक कुलेन्द्र विश्वकर्माले सोमबार नवलपरासी पुगेर ‘बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला’मा प्रस्तुति दिँदैछन् । 

गायक निशान भट्टराई र गायिका शान्तिश्री परियार सोमबार कैलालीको धनगढीमा जारी ‘सूदूरपश्चिम महोत्सव’मा आफ्नो सांगीतिक प्रस्तुती दिँदैछन् । 

‘द भ्वाइस अफ नेपाल’मा व्यस्त रहेका गायक प्रमोद खरेल पनि फाट्टफुट्ट मेला महोत्सवमा पुगेर प्रस्तुति दिइरहेका छन् ।

पशुपति शर्मा, खुमन अधिकारी, रामजी खाँड, खेम सेञ्चुरी, पुस्कल शर्मादेखि राधिका हमाल, शान्तिश्री परियारसम्म मेला महोत्सवमा पुगेर प्रस्तुति दिइरहेका छन् ।

पछिल्लो पुस्ताका गायिकाहरूमा अस्मिता अधिकारी, एलिना चौहान, रचना रिमालसम्म मेला महोत्सवमा सर्वाधिक व्यस्त देखिएका छन् ।

मंसिरदेखि चैतसम्मलाई मेला महोत्सवको सिजन मान्ने गरिन्छ । देशका केही जिल्लाहरूमा मेला महोत्सव भइसकेका छन् भने केही स्थानमा जारी छ । कतिपय ठाउँमा भने मेला/महोत्सवको तयारी भइरहेको छ । कोरोना भाइरस महामारीपश्चात् पहिलो पटक यसरी उत्साहजनक रुपमा मेला महोत्सव भइरहेका हुन्। गायक/गायिकाहरूको फेसबुक वाल हेर्ने हो भने मेला/महोत्सवमा प्रस्तुति दिँदै गरेका तस्वीरहरुले भरिएका छन् ।

तस्वीरहरु : सम्बन्धित कलाकारहरुको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्