पछिल्लो समय नेपाली चलचित्रहरू धमाधम हिन्दीमा डब हुन थालेका छन् ।
‘प्रेम गीत ३’ हिन्दीमा डब भएर विश्वव्यापी रुपमा प्रदर्शनमा आयो भने केही नेपाली चलचित्रहरू हिन्दीमा डब भएर युट्युबबाट सार्वजनिक भएका छन् ।
केही साताअघि ‘वीर विक्रम २’को हिन्दी सँस्करण युट्युबमा सार्वजनिक गरिएको थियो । यतिबेला भने अर्को चलचित्र ‘सुश्री सम्पत्ति’ हिन्दीमा डब भएर युट्युबमा सार्वजनिक भएको छ ।
यो चलचित्र हलमा भने चार वर्षअघि प्रदर्शनमा आएको थियो ।
सलोन बस्नेत, सारा सिर्पाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको ‘सुश्री सम्पत्ति’ व्यवसायिक रुपमा असफल चलचित्र हो ।
सुव्रतराज आचार्यको लेखन एवं निर्देशन रहेको चलचित्रको नेपाली सँस्करण भने तीन वर्षअघि नै युट्युबमा सार्वजनिक भैसकेको छ ।