०८ असार २०८३, सोमबार

कुनै मूर्खले जिम्मेवारी नलिउन्जेल ट्विटरको सीईओ बनिरहने मस्कको घोषणा

पुस ६, २०७९
कुनै मूर्खले जिम्मेवारी नलिउन्जेल ट्विटरको सीईओ बनिरहने मस्कको घोषणा

सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले कुनै मूर्ख मान्छेले जिम्मेवारी नलिउन्जेलसम्म कम्पनीको सीईओ बनिरहने घोषणा गरेका छन् । 

प्रमुख कार्यकारीको भूमिकाबाट बिदा लिऊँ कि नलिऊँ भनी मस्कले ट्विटरमा गरेको पोलमा बहुमतले बिदा लिने पक्षमा मत दिएपछि मस्कले राजीनामा दिने भएका हुन् । तर उत्तराधिकारी खोज्नका लागि समय लाग्न सक्ने उनले स्वीकार गरे । 

‘यो काम लिने कुनै मूर्ख फेला पार्नेबित्तिकै म सीईओ पदबाट राजीनामा दिन्छु । त्यसपछि म सफ्टवेयर र सर्भर टीम मात्र चलाउँछु,’ मस्कले मंगलवार एक ट्वीटमार्फत घोषणा गरे । 

मस्कले सक्रियतापूर्वक सीईओको आकांक्षीको खोजी गरिरहेको सीएनबीसीले खबर दिएको छ । 

आइतवार मस्कले गराएको पोलमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी थिए । तीमध्ये लगभग ५७.५ प्रतिशतले मस्कलाई सीईओ पदबाट राजीनामा दिने पक्षमा मत दिए । 

सोमवार मस्कले ट्विटरका नीतिनियम परिवर्तनमा आफ्नो विचार प्रस्तुत गर्न ट्विटर ब्लु सब्स्क्राइबरहरू मात्र समर्थ हुने घोषणा गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्