
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कीर्तिमानी आरोही सानु शेर्पालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी आरोही शेर्पालाई आज मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन् । मन्त्री श्रेष्ठले एक महिनाको आफ्नो मन्त्रीको तलव सम्मानस्वरुप रु ७० हजार सात सय ३० बराबरको चेक हस्तान्तरण गरे ।
सम्मान कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण चुनौतीपूर्ण रहेको बताए ।
मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा देशको गौरवका रुपमा सम्मान दिने गरिए पनि नेपालमा भने त्यति चासो नदिएको बताए । शेर्पाले अहिलेसम्म सात पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।