०१ असार २०८३, सोमबार

बेलायतमा गर्भपात गराउने क्लिनिक बाहिर मौन प्रार्थना गर्ने महिला पक्राउ (भिडियो)

पुस ८, २०७९
बेलायतमा गर्भपात गराउने क्लिनिक बाहिर मौन प्रार्थना गर्ने महिला पक्राउ (भिडियो)

बेलायतको बर्मिङघममा गर्भपात गराउने एक क्लिनिकबाहिर मौन प्रार्थना गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

इसाबेल भन स्प्रुस नामक ती महिलालाई सार्वजनिक शान्ति खलबल्याएको आरोपमा पक्राउ गरिएको हो । 

भ्रू्रणको रक्षा गर्नुपर्ने प्रोलाइफ अभियन्ताहरूलाई अमेरिका र बेलायतमा पक्राउ गर्न थालिएको छ । अमेरिकामा मार्क हौक नामक व्यक्तिलाई पनि गर्भपतन गराउने क्लिनिक बाहिर छोरासँग मिलेर प्रार्थना गर्दा पक्राउ गरिएको हो । 

अलायन्स डिफेन्डिङ फ्रीडम नामक संस्थाले स्प्रुसलाई पक्राउ गरिएको भिडियो सार्वजनिक गरेको छ । 

उनी मौन प्रार्थना गरेर बसिरहँदा प्रहरी उनीकहाँ आउँछ र के गरेको भनी सोध्छ । आफूले दिमागमै प्रार्थना गरिरहेको हुन सक्ने उनी बताउँछिन् । 

त्यसपछि प्रहरीले उनको खानतलास गर्छ, पक्राउ गर्छ र उनलाई प्रहरी चौकीमा लगेर केरकार गर्छ । त्यसपछि उनलाई सार्वजनिक शान्ति खलबल्याएको आरोप लगाउँछ । 

salt training

कमेन्ट गर्नुहोस्