२० असार २०८३, शनिबार

सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे उद्घाटन

सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे उद्घाटन

सिद्घार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसर पारेर नक्साल, काठमाडौंस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको आइतवार उद्घाटन गरेको छ । आइतवार आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् । 

उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू, बैंकका पूर्व सञ्चालकहरू, संस्थापक शेयरधनीहरू, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसै गरी बैंकले उक्त समुद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रही योगदान प्रदान गरेका सेवारत कर्मचारीहरूलाई पनि सम्मान गरेको छ । 

बैंकले आफ्नो केन्द्रीय कार्यालय आफैँले निर्माण गरेको भवनमा स्थानान्तरण गरी बैंकका ग्राहकहरूलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको हो । 

केन्द्रीय कार्यालयको अतिरिक्त बैंकले पोखरा, विराटनगर र वीरगञ्जस्थित आफ्नै कार्यालय भवनबाट समेत बैंकिङ सेवा सुचारु गरिसकेको छ । अत्याधुनिक प्रविधिमैत्री बंैैकिङमार्फत आम ग्राहकहरूसमक्ष उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बंैकले विश्वास लिएको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), २१५ एटीएम, ११८ शाखारहित बैंकिङ सेवा र १ हजार ८०० भन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न बैंकिङ सुविधाहरू सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्