०७ साउन २०८३, बिहीबार

टाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

टाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आयोजना गरेको मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ । विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरूमा आयोजित मेगा सर्भिस क्याम्पको सफलतापूर्वक सम्पन्न भएको हो । यी केन्द्रहरूमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी,  बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबर, हेटौँडा, सर्रा, धनगढी र नेपालगन्जमा रहेका छन् ।  

यस तीन दिने क्याम्पमा टाटाका ९५५ वटा पेसेन्जर श्रेणीका गाडीहरूको प्रभावकारी ढंगले जाँच एवं मर्मत सम्भार गरिएको थियो । १ हजार ५३३ व्यक्तिहरूको क्याम्पमा सहभागिता रहेको थियो । यस्तो जाँच गराउँदा गाडीधनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरू प्राप्त गरेका थिए ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमशः  १८, १५ र १८  प्रतिशत छुटलगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस,  सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिएको थियो । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको रु.४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो । 

हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरूको बजार विस्तार द्रूत गतिमा भइरहेको छ । यसैसन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको  थियो । सिप्रदी ट्रेडिङका कस्टमर केयर प्रमुख कुमारी भण्डारीले क्याम्पमा अपेक्षाभन्दा पनि बढी ग्राहकहरूको सहभागिता रहेको बताइन् । यसले  कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा/सुविधा प्रदान गर्ने प्रेरणा मिलेको उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्