२४ असार २०८३, बुधबार

५६ अंकले बढ्यो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा लाग्यो सर्किट ब्रेक

५६ अंकले बढ्यो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा लाग्यो सर्किट ब्रेक

शेयर बजारको मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीवार ५६.८८ अंकले बढेको छ । नयाँ सरकार बनेको दिनदेखि सकारात्मक देखिएको शेयर बजार बिहीवार २.८८ प्रतिशतले बढेर २०२९.०३ अंकमा पुगेको छ । 

शेयर बजारमा सूचीकृत कम्पनीहरूको शेयर कारोबार बढेसँगै आज बिहीवार ८ लाख २४ हजार कित्ता ५२९ कित्ता शेयरको कारोबार भएको छ । यसबाट एकैदिन २ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ । 

आज भएको कारोबारमा हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर बन्द भएको छ । यीबाहेक आज अघिकांश कम्पनीको शेयर मूल्य बढ्दा १० वटा कम्पनीको भने ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य बढेको छ । बजार भारी अंकले बढेको कारण जम्मा १७ वटा कम्पनीले मात्रै ३.९५ प्रतिशतसम्मले गुमाएका छन् । 

बजार बढ्दा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यसको आज १२ करोड रुपैयाँको कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्